संविधान दिवस नेपाली जनताको उत्सवः प्रधानमन्त्री ओली (भिडियोसहित)

गृह मन्त्रालयमा बु्धबार बसेको संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको वैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन्।

गृह मन्त्रालयमा बुधबार बसेको संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको वैठकमा प्रधानमन्त्री ओलीले संविधान ल्याउनका लागि अग्रजहरुको संघर्ष र  बलिदानको महत्वपूर्ण देन रहेको पनि बताए।

ओलीले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको धारणा पनि राखे। प्रधानमन्त्री ओलीले संविधान दिवस नेपाली जनताको उत्सवको दिवस भएकोले यसलाई राष्ट्रिय दिवसको रुपमा समेत मनाइएको बताएका छन् ।

संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानले गौरवपूर्ण परम्परा,वर्तमान नेपालको अवस्था र भावी नेपालको मार्ग्दिशा तय गरेको बताएका छन्।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले आफू उपचारका लागी सिंगापुर जान लागेको भन्दै अझै १५ वर्ष बाच्ने बताए। अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बस्ने उनले चूनौतीसमेत दिए।

बैठकले संविधान दिवसलाई भव्य बनाउन बिभिन्न उपसमितिहरु पनि गठन गरेको छ। कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, गृह सचिव प्रेम कुमार राई लगायत सरोकारवाला निकायका अधिकारीको सहभागीता थियो।

प्रकाशित मिति: : 2019-08-21 11:37:51

प्रतिकृया दिनुहोस्