प्रधानमन्त्री ओलीले भने, अझै १५ वर्ष बाँच्छु (भिडियोसहित)

तस्बिरः बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन्।

बुधबार गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘केहीले मरिहालोस् ठानेको होलान्। तर, अझै म १५ वर्ष बाँच्छु’, प्रधानमन्त्री ओलीले भने।

‘म उपचारका लागि जान लागेको हो। यद्यपी अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ,’ ओलीले भने।

आफू भोलि सिंगापुर जान लागेकोसमेत जानकारी गराएका छन्।

प्रकाशित मिति: : 2019-08-21 10:42:50

प्रतिकृया दिनुहोस्