कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षको गाडीमाथि आगजनी

तस्बिरः बिएल

कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षको गाडीमाथि अज्ञात समूहले आगजनी गरेको छ।

शनिबार राति मायादेवी गाउँपालिकाका प्रमुख बजरंगी चौधरीले चढ्ने गरेको लु. १ झ ४०० नं. को सरकारी गाडीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सदरमुकाम तौलिहवास्थित उनको निवास परिसरमा पार्किङ गरेर राखिएको गाडीमा राति करिब साढे १० बजेतिर अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ ।

गाडीमा कसले र किन आगजनी गर्‍यो भन्ने थाहा हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगजनीबाट गाडी जलेर पूर्ण रुपमा नष्ट भएको  छ।

प्रकाशित मिति: : 2019-08-11 09:24:06

प्रतिकृया दिनुहोस्