सीमामा ट्रेन रोकेर पाकिस्तानले भन्यो–भारतले आफ्नै चालक बाेलाएर ट्रेन लैजाओस्

Agency

सातामा दुई दिन भारत र पाकिस्तान बीच चल्ने ट्रेन ‘सम्झौंता एक्सप्रेस’ लाई बिहीबार पाकिस्तानले सीमा नजिकै रोक लगाएको छ। 

पाकिस्तान–भारत सीमा अटारीमा ट्रेन रोकेको पाकिस्तानले भारततर्फ ट्रेन लैजान भारतले आफ्नै देशको चालक व्यवस्था गर्नुपर्ने बताएपछि यात्रुहरू अलमलमा परेका छन्।

पाकिस्तानको अखबारले जनाएअनुसार इस्लामाबादले ‘सम्झौता एक्सप्रेस’ मा आफ्नो देशको ट्रेन चालक र गार्डलाई पठाउन अस्विकार गरेको हो।

पाकिस्तानका रेल मन्त्री शेख राशिद अहमदको निर्देशनपछि ‘सम्झौंता एक्सप्रेस’ को परिचालनमा रोक लगाएको हो। मन्त्री अहमदले यात्रुहरूले ट्रेनको टिकटको पैसा लाहोर रेल्वे डिभिजनको सुप्रिटेन्डेन्ट कार्यालयबाट फिर्ता दिने घोषणा गरेका छन्।

यो घटनापछि लाहोरबाट भारत फर्किन लागेका यात्रुहरू अलमलमा परेको बताइएको छ। मन्त्री अहअदले अघिल्लो ३–४ महिना निकै महत्वपूर्ण भएको भन्दै युद्धको अवस्थामा ट्रेन सञ्चालन गर्न नसकिने बताए। ‘पाकिस्तान युद्ध चाहदैंन्। तर, युद्ध भयो भने यो नै अन्तिम हुनेछ।’

‘सम्झौंता एक्सप्रेस’ को सुरुवात शिमला सम्झौंताअन्तर्गत २२ जुलाई १९७६ देखि भएको थियो। भारतले गत सोमबार जम्मु र काश्मिरबाट धारा ३ सय ७० खारेज गर्ने निर्णय गरेपछि भारत–पाकिस्तानबीचको सम्बन्ध निकै संवेदनशील बन्न पुगेको छ।

प्रकाशित मिति: : 2019-08-08 17:38:09

प्रतिकृया दिनुहोस्