जम्मु–कश्मिर मुद्धामा कांगेस फितलो, सोनिया आफ्नै नेतासँग असन्तुष्ट

Agency

सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ले जम्मु–कश्मिर पुनर्गठन बिल लागु गरेपछि यसको विरोधमा उत्रिएको प्रतिपक्षी भारतीय कांग्रेसका नेताहरू बीच आपसमै विरोधाभास देखिएको छ।

राज्यसभामा कांग्रेस पार्टीका संसदीय नेता अधीर रञ्जन चौधरीले जम्मु–कश्मिरलाई प्राप्त धारा ३ सय ७० र ३५ ‘ए’ को प्रावधान खारेज गर्ने बिजेपीको निर्णयको विरोध गर्दै भने, ‘यो मुद्धा १९४८ देखि संयुक्त राष्ट्र संघमा विचाराधीन छ। त्यसैले बिजेपीले जम्मु–कश्मिरलाई भारतमा विलय गराउन कसरी सक्छ?’

उनको यो भनाईप्रति कांग्रेसकी सुप्रिमो तथा पूर्व अध्यक्ष सोनिया गान्धीले असन्तुष्टी जाहेर गरेकी छिन्। चौधरीको जम्मु–कश्मिर भारतको आन्तरिक मुद्धा नभई अन्तर्राष्ट्रिय मुद्धा भएको भन्ने भनाईप्रति सोनियाको आपत्ति थियो।

याे पनि पढ्नुहाेस।

परदेशमा रहेर घरदेशको चिन्ता गर्ने हामीलै नै हो, हामीले नगरे कसले गरिदेला: राजदूत शर्मिला पराजुली ढकाल

बाढीका कारण तराईमा दोहोरो रोपाइँ

चर्चित नेपाली पप गायक नोर्देन तेन्जिङ रहेनन्, बेलायतमा निधन

उनले चौधरीले मंगलबार राज्यसभामा बयान दिइरहँदा सोनियाले असन्तुष्ट भावमा हेरेकी थिइन।

चौधरीको बयान आएपछि केन्द्रीय गृह मन्त्री अमित शाहले विपक्षी दललाई घेर्न खोजेका थिए। उनले जम्मु–कश्मिरको विषयमा कांग्रेस पार्टीको दृष्टीकोण स्पष्ट पार्न चुनौती दिएका थिए।

बिजेपीले जम्मु–कश्मिरको अवस्था बिग्रिनुमा कांग्रेसका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री जवहारलाल नेहरुको गल्ती भएको आरोप लगाएपछि सोनियाले पार्टीका अर्का नेता मनिष तिवारीले राज्यसभामा राखेको विचार नै पार्टी लाइन भएको बताइएकी थिइन।

मनिषले जम्मु र कश्मिरलाई भारतमा गाभ्न पण्डित नेहरुको ठूलो हात रहेको बताए। उनले जम्मु–कश्मिरमा धारा ३ सय ७० खारेज गर्न त्यहीको विधानसभाले मान्यता दिनु पर्ने र हाल विधानसभा भंग गरिएको र राष्ट्रपति शाषन लागु भएको बेला गरिएको भन्दै विरोध जनाएका थिए। उनले जम्मु–कश्मिरको मुद्धाले उत्तर भारतमा कस्तो परिस्थिति बन्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।

याे पनि हेर्नुहाेस।

प्रकाशित मिति: : 2019-08-06 22:57:18

प्रतिकृया दिनुहोस्