‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)को १८ महिने कार्यकाल सकिएको छ। आज (बुधबार) लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री पाउँन लागेसँगै केसीको १८ महिने कार्यकाल सकिएको हो।
केसी २८ साउन २०७८ मा लुम्बिनी प्रदेको दोस्रो मुख्यमन्त्री बनेका थिए। तत्कालिन एमालेका नेता शंकर पोखरेलको सरकार ढलेसँगै केसी मुख्यमन्त्री भएका थिए। पोखरेल नेतृत्वको सरकार केसी कानुन मन्त्री थिए।
उनले आफ्नो १८ महिने कार्यकाल कुशलतापूर्वक वितेको बताए। मंगलाबार (हिजो) देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा आफ्नो कार्यकालको अन्तिम कार्यक्रम गर्दै उनले १८ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।
केसीले आफूले राजनीतिक पुँजी कमाएको पनि बताउँदै अझै आगामी दिनमा प्रदेश र प्रदेशवासीको हितका लागि काम गरिरहने प्रतिबद्धता व्यक्त गरे।
जाँदा-जाँदै केसीले गरे यी निर्णय
१८ महिने कार्यकाल सकेर बिदा हुँदै गर्दा केसी नेतृत्वको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा सचिवालय, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेश अस्पताल तुलसीपुरमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
कानुन तथा सञ्चारमन्त्री तिलक शर्माकाअनुसार बैठकले प्रदेश लोक सेवा आयोग लुम्बिनीमा दरबन्दी थप गर्ने, राजधानी क्षेत्रमा स्थापना भएका मन्त्रालयहरुको भवन तथा जग्गा उपभोग गर्ने, लुम्बिनी प्रवेशद्वारका लागि बजेट व्यवस्था गर्ने निर्णय गरेको छ।
यस्तै प्रदेशसभा सचिवालयमा दरबन्दी स्वीकृत गर्ने शीत भण्डार निर्माणका लागि प्रदेश सरकारबाट गठित कार्यदलको प्रतिवेदन स्वीकृत गर्ने, आर्थिक वर्ष २०७८/०७९ को बाँकी भुक्तिानी उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री शर्माले बताए।
केसीले आज प्रदेशवासीका नाममा सम्बोधन गर्दै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको कार्यकाल सकिएसँगै आज प्रदेशवासीका नाममा सम्बोधन गर्दैछन्। देउखुरीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज दिउँसो ३ बजे प्रदेवासीका नाममा सम्बोधन गर्न लागेको कसीको सचिवालयले जनाएको छ।
उनले आफ्नो कार्यकालमा भएको महत्वपूर्ण कामहरुको पनि जानकारी गराउने छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया