कर्नाटकमा पनि भाजपाको सरकार, येदयुरप्पा चौथोपल्ट मुख्यमन्त्री

Agency

भारतको कर्नाटक राज्यमा पनि भारतीय जनता पार्टी (भाजपा) को सरकार स्थापित भएको छ। भारतीय कांग्रेसको पूर्ववर्ती सरकारले बहुमत प्रमाणित गर्न नसकेपछि गत मंगलबार सरकार ढलेको थियो। 

कांग्रेसको स्थानमा भाजपाको सरकार शुक्रबार गठन भयो। भाजपाका येदयुरप्पाले चौथो पल्ट मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिए। मुख्यमन्त्रीको पद सम्हालेलगत्तै उनले पूर्व मुख्यमन्त्री कुमारस्वामीले गरेको निर्णय फिर्ता गरे।

येदयुरप्पा २९ जुलाईमा बहुमत प्रमाणित गर्नुपर्ने छ। गत वर्ष भाजपाले कर्नाटकमा सबैभन्दा बढी सिट जितेपनि बहुमत प्रमाणित गर्न सकेको थिएन।

प्रकाशित मिति: : 2019-07-26 22:50:29

प्रतिकृया दिनुहोस्