‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
मुक्ति गौतम
मणिपुरदेखि आसामको जागुनसम्म जानलाई नागाल्याण्डको आठघण्टाको बाटो भएर पहिला डिमापुर आउनुपर्छ। डिमापुर रेल स्टेसनबाट फेरि डिब्रुगढ जाने रेलमा चढेर अर्को एकरातको बाटो जानुपर्छ।
निरज कहिले आसाम नगएको फुपूका घर जान पाउँदा असाध्यै खुशी थियो। उसले सोचेका बाटाका दृश्यहरू फुपूहरू बसेको नौलो गाउँका रमाइला पलहरू सम्झेर उ रमाइरहेको थियो।
आज निरजकी फुपूले लेखापानी भन्ने ठाउँमा हाम्रा आदिकवि भानुभक्त आचार्यको पूर्णांग प्रतिमा (शालिग)को दर्शन गराउन लाने भईन्।
निरज भानुको प्रतिमा कतिखेर पाइन्छ भनेर अधिर भएको थियो। उसले कक्षा चार पढदादेखि नै भानुले लेखेका कविता मुखाग्र गरेको थियो।
गाउँमा मनाउने भानु जयन्तीदेखि ठूला-ठूला कार्यक्रममा बुबाले लेखिदिएका कविता पाठ गरेर राज्य स्तरीय पुरस्कार जितेको थियोे।
नेपालको तनहुँ जिल्लामा जन्मेका नेपाली भाषाका आदिकवि भानुभक्तको दुई हजार किलोमिटर टाढा आसामको सुदूर पूर्वी बर्माको सिमानामा आज साक्षात दर्शन पाएर उ गदगद भएर भानुको प्रतिमामा माला लगाई दियो। फूल चढायो, दीयो बालिदिएर प्रतिमा अगाडि फोटो खिच्यो।
यसपालि अन्तर्राष्ट्रीय नेपाली संंस्कृति परिषदको सौजन्यमा आयोजित 'अनलाइन' भानु जयन्तीको राष्ट्रीय कार्यक्रममा कविता पाठ गरेर मणिपुरबाट प्रथम स्थानमा पुरस्कृत भइ नगद राशी सहित प्रसंशा पत्र पायो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया