बहस

जातप्रथाको जरा

बाहुन नेता त बाहुनवादी भइगए, जनजाति, दलित तथा मधेसी नेता पनि पूरै बाहुनवादीझैँ देखिन्छन्

नयाँ पत्रिका दैनिक

तारालाल श्रेष्ठ

‘मलाई ईश्वरको डर लाग्दैन, किनकि ईश्वर छँदैछैन, मलाई केवल ईश्वर मान्नेहरूसँग डर लाग्छ’ भन्ने स्टेफन हकिङ्ग्सको अभिव्यक्ति मननीय छ। रूपा सुनारका अनुसार उनलाई पहिले अति राम्रो व्यवहार गरेकी सरस्वती प्रधानले सबै ठीकठाक हुँदाहुँदै कामीकी छोरी पहिचानले सबै बेठीक बनायो। मिठो व्यवहार जात जोडिएपछि नमिठो भयो। उनले जात बताएपछि घरबेटी आमै (ला...भन्दै) आत्तिइन्। यहाँ रूपा सुनारको दोष देखिन्न। कामीकी छोरी उनको स्थायी पहिचान हो, इतिहासदेखि सबैभन्दा धेरै हिंसा बेहोर्ने नारीभित्र पनि ‘इन्टरसेक्सनालिटी’को केन्द्रबिन्दुमा उभिने प्रतिनिधि पात्र। निर्धक्क उनले आफ्नो पहिचान पेस गरिन्। घरबेटी आमैले अन्ततः मालाई अलि मिल्दैन भनेकी रहिछन्। ‘अनकन्डिसनल’ आमा–छोरीझैँ बनिसकेको सुनार छोरीले प्रधान आमालाई हिरासत पुर्‍याइन् (भलै प्रधान परिवारले विभेद नगरेको बताउँदै आएका छन्)।

कोठा–कोटा काण्ड : प्रतिगामी राजनीति र प्राकृतिक प्रकोपले आक्रान्त समयमा ‘कोठा–कोटा काण्ड’ भाइरल बनेको छ। ‘दलितलाई धेरै सुविधा दिएर मात्तिएको’ अभिव्यक्ति उर्लिएको छ। तिमीले कोठा पाएनौ। हामीले कोटा पाएनौँ। तिमीलाई कोठा पनि चाहिने, कोटा पनि चाहिने ? जस्ता अभिव्यक्ति छ्यापछ्याप्ती उम्रिएका छन्। जनप्रतिनिधिहरूसमेत ‘दलितको कोटा काटिदिनुपर्छ’ भनेर सामाजिक सञ्जालमा उत्रिएको देखिन्छ। ‘के पायौ रूपा तिमीले, आलु ?’ जस्ता अराजक अभिव्यक्ति अनगिन्ती गुञ्जिरहेको छ। ‘सरस्वती प्रधानलाई विनासर्त रिहा गर’ भन्ने एकातिर। पीडक प्रधानलाई कसुरअनुसार ‘हदैसम्मको कारबाही गर’ भन्ने अर्कोतिर। ‘कोठा खोज्ने कामी, कोठा नदिने नेवार, गाली खाने बाहुन’ भन्ने अझ अर्कोतिर। सामाजिक सञ्जालदेखि दिक्क भएर यसो बाहिर निस्कन्छु। झुन्डझुन्ड समूह मुन्डमुन्ड सत्यझैँ झुटहरू भट्याइरहेका भेटिन्छन्। ‘यी दलितहरू जात जनाइहाल्छन्, जति दियो उति टाउकामा टेक्न खोज्छन्, बरु मलाई मारोस्, दलितलाई दिन्न’ यस्ता अभिव्यक्ति छ्यापछ्याप्ती सुनिन्छन्। विवाद यस्तरी उर्लिएको छ कि आरोप–प्रत्यारोप ‘कोठा–कोटा काण्ड’ बनिसक्यो। ‘कोठा चाहिए कोटा छोड’ भन्नसम्म भ्याइसके। 

प्रकाशित मिति: : 2021-06-23 09:47:00

प्रतिकृया दिनुहोस्