मोरङ कांग्रेस बैठकः बाढी पीडितलाई सहयोग गर्ने

बिएल

नेपाली कांग्रेस मोरङले बाढीबाट प्रभावित मोरङका पीडितलाई राहत तथा उद्धारमा सहयोग गर्ने भएको छ।

पार्टीको आइतबार विराटनगरमा बसेको कार्यसमिति बैठकले बाढीबाट प्रभावितलाई राहतका लागि जिल्ला सचिव नागेश कोइरालाको संयोजकत्वमा राहत तथा उद्धार समिति गठन गरेको छ। सात सदस्यीय समितिमा राजु मास्के, सीता कार्की, सञ्जय मण्डल, राजेश गुप्ता, कमला कँडेल र मित्रसेन योञ्जन सदस्य छन्।

समितिले बाढी पीडित तथा प्रभावितबारे अध्ययन गर्ने बताइएको छ। अध्ययनपछि के कस्तो राहत वा सहयोग गर्ने भन्ने तय हुने पार्टीका सचिव मोदराज घिमिरेले जानकारी दिए। उनले भने,‘समितिले सबै अध्ययन गरेपछि आवश्यकताअनुसार राहत कार्य अगाडि बढाउने छ।’

कांग्रेसले लोकसेवा आयोगले समावेशी सिद्धान्तलाई कटौती गरेकोमा भत्र्सना गरेको छ।

संविधानले नै गरेको व्यवस्था कटौती हुनु अनूचित भएकोले पार्टी केन्द्रसँग लविङ गरी दबाव सिर्जना गर्ने बताएको छ। मोरङमा सोमबार बीपी स्मृति दिवश भव्यताका साथ मनाउन पार्टी जिल्ला कार्यालय, कर्सिया चौकमा बीपी शालिकमा माल्यापर्ण र सुनवर्षीमा वीपी सेवा केन्द्रमा विचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको पार्टी सचिव मोदराज घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: : 2019-07-21 22:28:27

प्रतिकृया दिनुहोस्