बिएल संवाददाता
१.
घृणा गर वा त गर पिरती फरक पर्दैन
आँखामा बगोस् बागमती फरक पर्दैन
बानी परिसक्यो दिल धोका खानलाई,
खेल तिमीपनि सकेजती फरक पर्दैन
२.
छोडी जाने रहेछन् साथ सोच्दै सोचिन
हुने रैछ आखिरमा घात सोच्दै सोचिन
केही सोचिन अन्धभक्त बनेर प्रेम गरिरहें,
यसैले पार्ला जीवन बर्बाद सोच्दै सोचिन
३.
कसैको खुशी जिन्दगीसँग खेलेर राम्रो गरिनौं
तिम्रै कारण बर्बाद बनी गयो खेर राम्रो गरिनौं
कि रोप्दै नरोप्नु थियो तिमीले पिरतीको फूल,
फक्रन नदिई कोपिलामै निमोठेर राम्रो गरिनौं
४.
हेरिरहन्छु तिम्रो खुशीको दर्शक बनी प्रेम गर्छु म
दुनियाँले नै भनोस् पागल प्रेमी भनी प्रेम गर्छु म
हाँसीखुशी बिताेस् प्रिया तिम्रो नयाँ जिन्दगी,
तिमीले गरेको त घृणालाई पनि प्रेम गर्छु म
५.
ल्याएर हर्ष र उल्लास त्यो मनमा आएको हुनुपर्छ
सुख , सयल, खुशी बोकेर धनमा आएको हुनुपर्छ
माया गर्ने आफैं, टाढिन खोज्नु कारण यही होला,
मभन्दा धेरै असल त्यो जीवनमा आएको हुनुपर्छ
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया