कामै नभएको रकम निकासा गर्न दबाव दिँदै वडाअध्यक्षले अर्का वडाअध्यक्षलाई कुटपिट गरेपछि

चम्पादेवी गाउँपालिका ८ का वडाध्यक्ष अजय लुइँटेल

कामै नगरेको रकम भुत्तानी दिन आनाकानी गरेको भन्दै ओलढुङ्गा चम्पादेवी गाउँपालिका ८ का वडाध्यक्ष अजय लुइटेलले अर्का वडाका वडाध्यक्षसहित कर्मचारीमाथि कुटपिट गरेका छन्।

चम्पादेवी गाउँपालिका ८ का वडाध्यक्ष अजय लुइँटेलले सोही गाँउपालिका वडा ७ का वडाअध्यक्ष सुरेश थापामाथि कुटपिट गरेका हुन्।

गाँउपालिकाको घडेरी सम्याउन भनेर छुट्याएको २१ लाख रकम कामै नगरी ठेकेदारलाई भुक्तानी गर्‍यो।

त्यसपछि कामै नगरी रकम दिएको भन्दै स्थानीयले बिरोध जनाएपछि उक्त रकम गाँउपालिकाकै खातामा फिर्ता भएको थियो।

कामै नगरेको उक्त रकम फेरि भुक्तानी गर्न भन्दै वडाअध्यक्ष लुईटेलले कर्मचारीलाई जथाभावी गर्न थालेपछि अर्को वडाअध्यक्ष थापाले रोक्दा उनै माथि कुटपिट थालेका थिए।

सिवाकोटीले दिउँसै मादक पदार्थ सेवनगरी कुटपिट गरेको भन्दै थापाले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा उजुरी दिएका छन्।

थापाको उजुरीपछि कुटपिट गर्ने लुईटेल फरार छन्।

प्रहरीबाट बच्च लुईंटल काठमाडौं पुगेको बताइएको छ।

वडा कार्यालयबाट हुने सम्पूर्ण काममा लुईटेलले लाभ लिने गरेको भन्दै स्थानीयबास आक्रोशित बनेका छन्।

प्रकाशित मिति: : 2019-07-21 12:38:36

प्रतिकृया दिनुहोस्