बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
विक्रमवीर थापा
हिजो अर्थात् २७ जुलाई २०२१ का दिन दार्जीलिङमा 'शहीद दिवस' मनाइएको तथा गोर्खा शहीदहरूलाई सम्झना गर्दै कविता पाठ गरिएको दृश्य मैले मुहार-पुस्तिका (फेसबुक) मा हेर्न पाएँ।
सन् १९८६ को २७ जुलाईका दिन सन् १९५० मा भारत-नेपाल सन्धिअन्तर्गत परेको धारा ७ को विरोधमा वा भनौँ यो धारा जलाउन भनेर सुवास घिसिङको नेतृत्वाधीन भारतका विभिन्न ठाउँमा बसेका धेरैजसो गोर्खाहरूले धारा ७ जलाएका थिए।
शिलोङका गोर्खाहरूले पनि म जन्मेको गाउँ बारपत्थरस्थित 'गोर्खा श्मशानघाट' मा धारा ७ जलाएका थिए। तर जलाउनेमा अधिक अग्रणीय भूमिका खेलेका थिए– दार्जीलिङका गोर्खाहरूले। यसै क्रममा कालिम्पोङका गोर्खाहरूले पनि अग्रणीय भूमिका खेल्दा कलिम्पोङमा कतिपय गोर्खाहरू शहीद भएका थिए- तत्कालीन पश्चिम–बङ्गाल सरकारका पुलिसहरूले ठोकेका गोलीद्वारा..! यही कारण यही दिनाङ्कलाई लिएर दार्जीलिङमा 'शहीद दिवस' मनाइन्छ।
हिजो दार्जीलिङमा 'शहीद दिवस' मनाइएको ती नै दृश्यहरू देखेर मलाई सन् १९८६ को जुलाई महिनामा हुनसम्मको खपिनसक्नु गर्मीको बेला बनारसको लाहोरी टोलामा बसेर उपन्यास 'टिस्टादेखि सतलजसम्म' छपाएको अनायास सम्झना भयो अनि यही सम्झनाले गर्दा प्रस्तुत संस्मरण लेख्न मन लाग्यो।
यो संस्मरणलाई अक्षरन्यास गर्नुभन्दा अगावै गोर्खाल्याण्डका लागि शहीद हुने समग्र शहीद गोर्खाहरूप्रति म हृदयान्तरबाट श्रद्धाञ्जलिको अभिनव पुष्पार्पण गर्दछु।
मैले धेरैपल्ट लेखिसकेको छु- उपन्यास 'टिस्टादेखि सतलजसम्म' सुवास घिसिङले सन् १९८६ मा 'गोर्खाल्याण्ड आन्दोलन' थाल्नुभन्दा तीन वर्षअगावै लेखिसकेको थिएँ। उपन्यास 'हाम्रो पनि माटो हुनुपर्छ' लेखेको थिएँ। त्यसबेला 'गोर्खाल्याण्ड आन्दोलन' नथालिएको हुँदा मैले 'माटो' शब्द प्रयोग गरेको थिएँ।
लेख्दा मलाई आभास भएको थियो- एक दिन माटोकै लागि भारतीय गोर्खाहरूले आफ्नो अस्तित्व राख्न आन्दोलन गर्नेछन्। आन्दोलन गर्दा कतिपय गोर्खेहरू शहीद पनि हुनेछन् भनी यसै कारण भविष्यमा शहीद हुने गोर्खाहरूप्रति उपन्यास 'टिस्टादेखि सतलजसम्म' समर्पण गरेको थिएँ– यी हरफहरूले।
पुलिसहरूले ठोकेका गोलीहरू छातीमा सजाएर स्व-अस्तित्वका निम्ति आत्मोत्सर्ग गर्ने ती वास्तविक शहीदहरूलाई समर्पित छ– 'टिस्टादेखि सतलजसम्म'!
२७ जुलाई १९८६ मा कलिम्पोङमा कतिपय गोर्खाहरू शहीद पनि भए। शहीद हुँदा उपन्यास छपाएर बनारसबाट शिलोङ फर्किआउँदा २७ जुलाईका दिन रेलमा यात्रा गरिरहेको थिएँ । अनि उक्त दिनांकमा सिलगढी आइपुगेको थिएँ। यही भएर पनि मलाई हिजो दार्जीलिङमा 'शहीद दिवस' मनाइएको दृश्य मुहार-पुस्तिकामा देखेर बितेका दिनको सम्झनाले चिहायो भन्दा बरु अतिरञ्जनाको कुरा हुने छैन। अतिरञ्जनाको कुरा हुनेछैन र प्रस्तुत संस्मरण लेखेँ।
अन्त्यमा स्व-अस्तित्वका लागि आत्मोत्सर्ग गर्ने गोर्खेहरूप्रति पुन: स्मरणाञ्लि अर्पण गर्दै नमन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया