तीन जना पात्रहरूलाई लिएर ऐतिहासिक घटनाहरूको केही वर्णन गरिएकाे छ। पात्रहरू हुन्- नरेन्द्र मोदी, एडोल्फ हिटलर र जोसेफ़ स्टालिन।
लेख्दै जाँदा कता–कता सहायक पात्रहरूलाई पनि ठाउँ दिइएकाे छ। जसले गर्दा पाठकहरूले प्रस्तुत लेखको सार सरल ढंगले स्पष्ट बुझ्न सहयाेग गर्नेछ। लेखलाई सटीक चर्चा गरिएकाे छ।
एडोल्फ हिटल़र
एडोल्फ हिटलरको नाम नसुन्ने संसारमा विरलै मानिसहरू होलान्। दोस्रो विश्व युद्ध जन्माउने नै एडोल्फ हिटलर थिए। दोस्रो विश्व युद्ध नभएकाे भए गोर्खालीहरू त्यति बिघ्न मारिने थिएनन्।
फोकटमा 'वीर गोर्खा' भनेर विश्वले चिन्ने पनि थिएन। दोस्रो विश्व युद्धमा गोर्खालीहरूले अघिक वीरता पुरस्कार 'भिक्टोरिया क्रस' पाएका थिए।गाेर्खालीहरू वीरताका साथ युद्ध मोर्चामा लडे। उनीहरूले बहादुर गोर्खालीका रूपमा गौरव प्राप्त गरे।
थ्रुपै युद्धहरूमा गाेर्खालीले भाग लिएका छन्। दोस्रो विश्व युद्धमा सहभागी धेरै गाेर्खाले ज्यान गुमाए। जम्मै युद्ध मिलाएर पनि दोब्बर गोर्खालीहरू दोस्रो विश्वयुद्धमा मारिएका छन्। मानव इतिहासको सबै भन्दा खूनी संघर्ष समेत मानिन्छ, दोस्रो विश्वयुद्ध।
१९३९ देखि १९४५ सम्म चलेको विश्वस्तरीय युद्ध थियो। दोस्रो विश्वयुद्ध जन्माउने एडल्फ हिटलरको अधीनस्थ जर्मन सेना (नाजी सेना)ले सबैभन्दा पहिला पोल्यान्डमाथि आक्रमण गरेपछि विश्वयुद्ध थालिएको थियो। युद्धमा लगभग ६ करोड मानिसहरूको ज्यान गयो र यो मानव इतिहासको सबभन्दा घातक युद्ध मानिन्छ।
सन् १९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि जर्मनीलाई हिटलरले अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे। उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका शासक बनेका थिए।
पोल्यान्डलाई आफ्नो अधीनमा लिएपछि यूरोपका धेरै देशहरूलाई जर्मन सेनाले जित्यो। हिटलरको छाती ढुक्कुरे छाती भयो घमण्डले। फलस्वरूप सोभियत यूनियनमा आफ्नो अधिकार लिने हिटलरले सोचे।
सोभियत यूनियनको राजधानी मास्कोलाई आफ्नो अधिकारमा लिएपछि हातमा सम्पूर्ण सोभियत यूनियन आउनेछ भन्ने उनले ठाने।
अहिटलरले सोभियत यूनियनलाई आफ्नो अधीनमा लिन सोभियत यूनियनमाथि युद्ध गर्न पोल्यान्डको मार्गबाट आफ्नो नाजी सेनालाई सोभियत यूनियनको सीमामा पठाए। यो सन् १९४२ को घटना हो। बदलामा अमेरिका, फ्रान्स र इंग्ल्याण्डले जर्मनीमाथि हमला सुरू गरे।
जोसेफ स्टालिन
कार्ल मार्क्सले विश्व प्रसिद्ध पुस्तक 'दास क्यापिटल' लेखे। पुस्तकले पुँजीवादलाई नष्ट गरेर समाजमा सर्वहारा वर्गले पनि बराबरीको हक-अधिकार पाउनुपर्छ भन्ने कुराको प्रतिपादन गर्छ। प्रतिपादन गर्ने विचारलाई 'मार्क्सवाद' भनिन्छ।
'दास क्यापिटल'ले त्यसबेला विश्वभर चर्चाको विषय बन्ने श्रेय पायो। प्रसिद्धि पनि पायो। प्रसिद्धि पाएको बेला सोभियत यूनियन (रूस)मा 'जार'को शासन थियो। 'जार'बारे व्याख्या गरे धेरै कुरा लेख्नुपर्ने हुन्छ। छोटकरीमा यति नै बुझ्नुहोस्- 'जार' राज परिवार हो। कुनै बेलाको नेपालको 'शाही' परिवार भनेजस्तै। जारले शासन गरेतापनि त्यसबेला रूसका जनता जारबाट शोषित थिए। यसैकारण जार शासनबाट उन्मुक्ति पाउन त्यहाँका जनताले मार्ग खोजिरहेका थिए।
यस्तै बेलामा भ्लादिमिर लेनिन (प्रचलित नाम लेनिन)ले 'दास क्यापिटल' पुस्तक पढ्न पाए। यसबाट प्रभावित भए अनि उनले सन् १८९८ मा रूसी सामाजिक जनवादी मज़दूर पार्टी स्थापित गरे।
पार्टीमा स्टालिन थिए। लेनिनसँग स्टालिनको भेट सन् १९०५ मा लण्डनमा भएको थियो। यस पार्टीमा रूसका समग्र जनता सम्मलित थिए। लेनिनकै नेतृत्वमा रूसमा जार शासनविरुद्ध भयंकर जनक्रान्ति भयो।
सन् १९१७ मा लेनिनको नेतृत्वमा जार शासनको अन्त गरियाे। लेनिन रूसका अधिनायक भए। सन् १९२४ मा लेनिनको मृत्यु भयो। रूसको सत्तालाई स्टालिनले सम्हाले। उनी सोभियत यूनियनका अधिनायक भए।तानाशाही भए। तर, क्रूर तानाशाही।
तानाशाही हुनसाथ स्टालिनले रूसमा आफ्नै जनताको हत्या गराए। भनिन्छ- २ करोड मारिएका थिए|मारिनेमा के बूढाबूढी, के स्कूले केटाकेटी, के बुद्धिजीवी, के लेखक, डाक्टर, के वैज्ञानिक। सबै मारिएका थिए।
स्टालिनकाे आँखाका कसिंगर भएकाहरूमाथि ठूलाे नरसंहार मच्चाए। नरसंहार गर्ने क्रममा सबैभन्दा अधिक कृषकहरू मारिएका थिए। जुन कृषकहरूलाई कुलक भनिन्छ। यसैकारण यिनी रूसी जनताका आँखामा 'हिरो' नभएर 'जिरो' थिए। विश्वका आँखामा पनि नरसंहारको कारण यिनी 'जिरो' बने।
'जिरो' भइरहेको बेलामा हिटलरको नाजी सेनाले पोल्यान्ड भएर सोभियत यूनियनको सीमालाई अतिक्रम गऱ्यो। कतिपय ठाउँलाई जितेर आफ्नो अधिकारमा पनि लियो अनि स्टालिनग्राड नगरमा प्रवेश गऱ्यो।
स्टालिनग्राडमा जर्मन सेना र रूसको रेड आर्मीबीच घमासान युद्ध भयो। यस युद्धलाई विश्वको सबैभन्दा डरलाग्दो भीषण युद्ध मानिन्छ। युद्धमा दुवै तर्फका लाखौँ सैनिक मारिए। अन्त्यमा जर्मन सेनाको हार र रूसी सेनाको जीत भयो। रूसी सेनाबाट भेसिली ग्रिगोवेभिच जैतसेवले निशानेबाज भएर रूसी सेनालाई जिताउनुमा अजंग भूमिका खेलेका थिए।
ठूल्ठूला जर्मन अफिसरहरूलाई मारेकै कारण रूसमा यिनलाई युद्धको हिराे अफ वार भनिन्छ। फलत: स्टालिनलाई सम्मान दिन भनेर युद्धको बेला चलाएका राइफललाई स्टालिनग्राड संग्रहालयमा राखिएको छ।
स्टालिनग्राड युद्धमा रूसी सेना विजयी भएको कारण 'जिरो' भएका स्टालिन रूसी जनताका लागि पलभर मै 'हिरो' भइदिए। झन् त्यहीमाथि रूसको रेड आर्मीले बर्लिनमा विजयीकाे झण्डा फहराएपछि हिटलरले आत्महत्या गरे। यी दुवै घटनाले गर्दा विश्वको आँखामा 'जिरो' भएका स्टालिन विश्वकै आँखामा 'हिरो' भए।
कम्तीमा दुइ करोड आफ्नै जनतालाई मार्ने हत्यारालाई विश्वले शान्तिदूत देख्यो। देख्ने भएर नै स्टालिनलाई सन् १९४५-४८ मा 'नोबल शान्ति पुरस्कार' दिन नामांकित पनि गरियो। यसैलाई भनिन्छ– 'समयको खेलः जिरोदेखि हिरो र जिरोदेखि हिरो।
नरेन्द्र मोदी
भारतीय प्रधानमन्त्री हुनेबेलामा नरेन्द्र मोदीले सांसद भवनमा प्रवेश गर्नुअघि भवनको खुड्किलोलाई ढोगेका थिए।
यसभन्दा पहिला सांसद भवनमा प्रवेश गर्नुभन्दा अघि पूर्व प्रधानमन्त्रीहरू वा अरू नेताहरूले माेदीले जस्तो सांसद भवनको खुड्किलोलाई सम्भवत: ढोगे होलान्। ढोगेकाे भारतका जनताले टिभीमा देखेनन्। तर मोदीको क्रियाकलापलाई भने देखे।
भारतका जनता मोदीप्रति त्यसबेला अभिभूत भए र जनताले सम्झेका थिए- भारतलाई विश्वको सर्वोच्च शिखरमा पुऱ्याउने प्रधानमन्त्री हामीले पायौँ।
प्रधानमन्त्री भएको केहीदिन-महिनापछि विश्वका कतिपय देशहरूसँग मैत्री सम्बन्ध गाँस्न माेदी विदेशको यात्रामा निस्के। सर्वप्रथम उनी भारतको छिमेकी देश पुगे र नेपालमा माेदीको भव्य स्वागत गरियो।
नेपालको सांसद भवनमा उनले थाेरै नेपाली र बाँकी हिन्दीमा अभिभाषण दिए। उपस्थित नेपाली नेताहरूको मन त्यसबेला उनले जिते। नेपालका नेताहरूले प्रसन्न भई आफू बसेको अगाडीको टेबल ठटाए। ठटाउनेमा कमरेड प्रचण्ड पनि थिए। यही घटनाले गर्दापनि प्रधानमन्त्री मोदीको नाम विश्वमा 'मोदी' भनेर सुविख्यात हुन पुग्यो।
प्रधानमन्त्री माेदीले नेपालको विश्व प्रसिद्ध पशुपतिनाथ मान्दिरमा पुगेर पशुपतिनाथको पनि पूजा गरे। नेपालबाट फर्किआउँदा उनीप्रति भारतका जनता 'मोदीभक्त' भइसकेका थिए।
नेपालपछि माेदी कतिपय अन्य देशहरूमा पनि पुगे। उनी त्यतिबेला जुनपनि देशमा पुगे, त्यो देशमा उनको भव्य स्वागत गरियो। देशका जनताको 'मोदी... मोदी...' भन्ने जय-जयकार शब्दले गगन गुञ्जायमान भयो। सबैका मुखमा 'मोदी... मोदी...' शब्द झुण्डिएको हुन्थ्यो।
भारतका कुनै पनि प्रान्तमा उनी जाँदा मानिसहरूका मुखमा पनि झुण्डिएको हुन्थ्यो- 'मोदी... मोदी...।'
साँच्चै, त्यसबेला भारतका जनताका लागि 'हिरो' थिए।
सन् २०१९ मा उनी फेरि दोस्रोपल्ट भारतकाे प्रधानमन्त्रीमा निर्वाचित भए। 'मोदी... मोदी...' भन्ने शब्द जय-जयकारको रूपमा भारतमा यथावत् थियो। धूमिल भएको थिएन। भारतका जनताका लागि माेदी 'हिरो' नै थिए।
सन् २०२० आयो। भारतमा काेराेनाभाइरस पनि आयो। देशलाई काेराेनाले तर्सायो। मोदीलाई 'हिरोबाट जिरो' बनाउन खोज्यो। तर उनलाई त्यसबेला जिरो बनाउन सकेन। कोरोनालाई भारतमा केही सीमासम्म नियन्त्रण गरेकोमा भारतले काेराेना नियन्त्रण गर्ने खोप पनि तयार पाऱ्यो।
प्रधानमन्त्री मोदी नेतृत्वकाे सरकारले काेराेनाविरूद्धकाे खोप आवश्यक परेका बाहिरी देशलाई पनि पठायो। यस कार्यका लागि भारतका जनता मोदीको मानवीय कर्तव्य देखेर मोदीप्रति अत्याधिक अभिभूत भए।
कतिले भन्न लागे- भारत मानवीय कर्तव्य गर्न सधैँ अगाडि छ। 'वसुधैव कुटुम्बकम्' भारतको मूल मंत्र हो यसैकारण मोदी भारतका जनताका लागि झन् 'हिरो' भए। भारतका जनताले 'हिरो' सम्झे, देखे।
सन् २०२१ आयो। तर आयो काेराेनाको दाेस्रो लहर लिएर। काेराेनाले गर्दा भारतमा जनता धेरै मर्न लागे। अक्सिजनको कमी। खोपको पनि कमी। यो देखेर हिजोसम्म 'हिरो' भन्ने भारतका तिनै जनताले मोदीलाई गाली गर्दै, सराप्दै 'जिरो' बनाइरहेका छन्।
मोदीले स्टालिनले झैँ आफ्ना दुई करोड जनता मारेका छैनन्। बरु जनता मरेका देखेर संवेदनामा रोएका छन्। काेराेनाले पो मारिरहेको छ। तर करोड पुगेको छैन। २ करोड आफ्नै जनता मार्ने स्टालिन समयको खेलले गर्दा जिरोबाट हिरो भए।
यही समयको खेलले गर्दा हिरो भएका मोदी आज भारतका जनताका आँखामा जिरो भइरहेका छन्। समयको खेल- हिजोका हिरो मोदी आज भएका छन्-जिरो।
भारतका जनताले बुझ्दैनन्, तबसम्म कालान्तरमा कुनै प्रधानमन्त्री भए पनि उनी कहिल्यै 'हिरो' हुने छैनन्। हुनेछन्- जिरो।