‘रास्वपा हूँ’ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन्- ज्वाला संग्रौला
केन्द्रीय सदस्य ज्वालाले पार्टीको चुनावी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका पूर्वनेता-कार्यकर्ताहरूले आफ्नो खेदो पनि आरोप लगाएकी छन्। उनले ‘बलात्कार आरोपीलाई उन्मुक्ति दिएको’ भन्ने लेखाइमा सामान्य त्रुटी भएको स्वीकार गरेकी छन्। उनले सामाजिक सञ्जालमा थप स्पष्टीकरण दिँदै लेखेकी छन्, ‘मेरो एउटा सामान्य लेखाइको त्रुटी, त्यो पनि मैले सच्याएर तीनवटा स्पष्टीकरणसहितका स्टाटस लेख्दासमेत मलाई खेद्न छोडेका छैनन्। यसबाट म कतै विचलित भएकी छैन, किनकी यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकाली चढेको निक्कै साल भै सक्यो।’
बिएल संवाददाता - काठमाडौं