बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएको भन्दै प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले हंगामा गरेका छन्।
बुधबार संसद बैठक सुुरु हुने वित्तिकै प्रतिपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरेका थिए।
सांसदहरूले उठेर विरोध जनाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई सभामुखले बोल्न समय दिएका थिए।
उनले सरकारले विचौलियाको आदेशमा सरकारले कुलमानलाई हटाएको आरोप लगाए। उनले जुन प्रयोजनका लागि सरकार बनेको थियो त्यो औचित्य समाप्त भएको दाबी गरे। उनले सरकार नै ४ महिना टिक्ने आधार नभएपछि कुलमानलाई हटाएको दाबी गरे।
उनले भने, ‘चार महिनामात्र कार्यकाल बाँकी रहेका कुलमानलाई सरकारले किन हटायो? सायद ४ महिना पनि टिक्दैन भनेर होला कुलमानलाई हटाउन यति हतारो गरेको।’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया