
बिएल संवाददाता
आफूलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरेपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्।
आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्दै कार्यकारी निर्देशकमा पुनःस्थापना गर्नुपर्ने मागसहित उनी सर्वोच्च पुगेका हुन्।
उनले नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाएका निवेदन दिएका छन्।
प्रतिनिधिमार्फत कुलमानले पेश गरेको निवेदनमा बिना गल्ती सरकारले बदनियतका साथ स्पष्टीकरण सोधेर आफूलाई गलत ढंगले पदमुक्त गरेको दाबी गरिएको छ।
उनको निवेदन बुधबार साँझ करिब ५ बजेतिर सर्वोच्च अदालतमा पेस भएको सर्वोच्च स्रोतले बताएको हो।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया