एमालेमा आफूलाई मात्रै शुद्ध ठान्ने र पूर्वाग्रह राख्ने संकीर्णवाद हाबी छः उपमहासचिव गुरुङ
‘हाम्रोभित्रको अर्को रोग भनेको दक्षिणपन्थी अवसरवाद हो। अहिले हाम्रो पार्टीमा एउटा विचार छ, त्यो संकीर्ण विचार हो, त्यो पनि दक्षिणपन्थी अवसरवादतिर लैजाने विचार हो। त्यो के भन्दा, होईन अरु पार्टीका मान्छेहरूलाई किन ल्याउने? हामी सबैभन्दा राम्रो पार्टी, कांग्रेसलाई ल्यायो भने त्यसले पार्टीलाई खत्तम पार्छ, राप्रपा त झन ल्याउनै हुँदैन, माओवादीलाई किन ल्याउने? यतिधेरै भ्रष्ट भइसकेको छ अहिले।’
बिएल संवाददाता - काठमाडौं