लोकतान्त्रिक व्यवस्थाबाट अलोकतान्त्रिक राजतन्त्रमा फर्किन सकिन्नः गृहमन्त्री लेखक
उनले भने, ‘देशमा गणतन्त्र आईसकेको छ,केहि साथीहरूले राजतन्त्र पुनर्स्थापना कुरा गरिरहनुभएको छ,’ गृहमन्त्री लेखकले थपे, ‘लोकतान्त्रिक व्यवस्थाबाट अलोकतान्त्रिक राजतन्त्रमा पछाडि फर्किने सम्भावना छैन। निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडि होइन अगाडि बढ्ने हो।’ त्यसैगरी, उनले समाजमा क्रान्तिकारी परिवर्तनको लागि साहित्यको योगदान आवश्यक रहेको भन्दै संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गरे।
बिएल संवाददाता - डडेल्धुरा