बिहिबार, २५ जुन २०२६

संविधान बदल्ने होइन, संशोधन गर्ने हो:  प्रदीप ज्ञवाली

उनले भने,‘मूलुकमा अहिले धेरै समस्या छन्। क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीकोबीचमा ठूलो अन्तर छ। सबै समाधान संविधान मार्फत नै होस् भनेर संविधान संसोधन गर्न खोजिरहेको छौं। के कारणले आजको समस्या आएको छुट्याउन पर्नेछ। कति संविधानका अन्तरनीहित कमजोरीका कारणले भएको छन् र कति चाँही संविधानभित्र अभ्यास गर्ने पात्र, संस्था र प्रवृत्तिहरुका कारणले समस्या आएको छ। त्यसलाई हेर्न आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन नागरिकलाई आह्वान गरेका छन। केही दिन यतादेखि नेपालमा लगायता भूकम्प गइरहेकोले सुरक्षित हुन प्रधानमन्त्रीले आग्रह गरेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी केन्द्रिय समिति बैठक आज पनि जारी रहने

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ। गत आइतवार देखी सुरू भएको केन्द्रिय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिए पछि आज पनि जारी हुने भएको हो।बैठक स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा बसिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि

नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि जारी रहनेछ। गत आइतवार देखी काठमाडौंमा सुरू भएको केन्द्रिय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

सत्तारूढ दल नेकपा एमालेको हिजो (आइतबार) सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ।  बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको केन्द्रीय समिति बैठक आज पनि

बैठक बिहान ११ बजे धुम्बाराहीस्थित एक ब्याङ्केटमा हुने छ।  हिजोको बैठकमा एमाले र नेपाली काँग्रेस सहितको केपी ओली नेतृत्वको सरकार असफल भइसकेको, भूष्टाचार नियन्त्रण, सुशासन कायम गने ता राष्ट्रिय एकता सुदृढ लगायतका काममा उल्टो बाटोतिर सरकार गइरहेको निष्कर्ष निकालिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको केन्द्रिय कमिटीको बैठक आजबाट

सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक आजबाट सुरू हुदैँछ।गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी स्थायी कमिटी बैठक बस्दैँ

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँछ। शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश दौडाहामा निस्किए रावल: विराटनगर विमानस्थलमा स्वागत

एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष डा. भीम रावलले देश दौडाहा सुरु गरेका छन्। ‘मातृभूमि जागरण अभियान’मार्फत् पूर्वी नेपाल निस्किएका रावललाई आज विराटनगर विमानस्थलमा एमाले), एकीकृत समाजवादी र स्वतन्त्र नागरिकहरुले भव्य स्वागत गरे। स्राेतकाअनुसार डा. रावलले पहिलो कार्यक्रम एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट सुरु गर्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

शेखर काेइरालाले बेलायतकाे संसदमा सम्बाेधन गर्ने

बेलायतको संसद् भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई सम्बोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारविरुद्ध जसरी जानुपर्ने हो गएका छौँ त? यसकाे जवाफ दिनैपर्छ: प्रचण्ड

जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशंका गरेका छन् र सदनमा गम्भीर प्रश्न उठेका छन्, त्यहाँ राजनीतिक नेतृत्वको इमान्दारिता जनताले जाँच्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘पार्टी भित्रैकै मान्छेले मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे’

उनले लेखेका छन्, ‘सभापतिलाई महामन्त्रीबाट अलग गराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले। मैले बुझाउने प्रयास गरे, म असफल रहेँ। मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे। पार्टी बाहिरबाट खेले। पार्टी भित्रैबाट पनि खेले। मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने, तर त्यतिबेलासम्म उहाँ उहाँलाई पुर्न बनाइएको खाल्डोमा परिसक्नु भएको थियो। मैले बार बार सम्झाए, बुझाए, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन। उल्टै मलाई कारबाही गर्नु भयो। अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिक रूपमा हत्या गर्ने प्रयास गर्नु भयो र म पनि त्यसै अनुसार प्रतिक्रियात्मक हुन पुगे।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ। बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो  १२ः३० मा बस्न लागेको हो।   आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ। केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो। एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज ६ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बस्दैछ।  आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो। सबै समितिका बैठक बिहान ११ देखि दिउँसो ३ को बीचमा सिंहदरबारमा बस्नेछन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ। यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ– प्रधानमन्त्री

सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले तमु ल्होसार सम्झदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनेरास्ववियू (क्रान्तिकारी)मा लाग्याे उमेर हद

माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को उमेर हदको विवाद टुङ्गो लगाउन भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद लागू भएको छ। उमेर हद छिनोफानोका लागि भौगोलिक र गैर भौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा मतदान भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तमु ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने छ: राष्ट्रपति पौडेल

गुरुङ समुदायको महान् चाड ‘ तमु ल्होसार’ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएका छन्। सोमबार गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा शुभकामना सन्देश मार्फत स्वदेश तथा विदेशमा रहनु भएका  सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।  सन्देशमा लेखिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीका हप्ता दिन: भेटघाट, भाषण र निर्देशन

राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतका आधारमा नयाँ सरकार गठन गर्न आह्वान गरेपछि शेरबहादुर देउवाको समर्थनमा ओली प्रधानमन्त्री बनेका हुन्। ओलीले गठबन्धन सरकारको मन्त्रिपरिषद्मा कांग्रेस, एमालेबाहेक लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका नेतालाई पनि समाविष्ट गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको सचिवालय बैठक बस्दै

आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ।  शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि सचिवालय बैठक बस्न लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।  बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायत विविध विषयमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं