बिएल संवाददाता
राजसंस्था पुनर्स्थापनाको आन्दोलनको नेतृत्वको जिम्मा पाएका नवराज सुवेदीले राप्रपा परित्याग गरेका छन्।
सोमबार राजावादी मोर्चाको भेलामा ८६ वर्षीय सुवेदी राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्। उनले अब राजावादी मोर्चाको सर्वस्वीकार्य नेतृत्व बन्नका लागि आफूले अब पार्टीगत राजनीति त्यागेको घोषणा गरेको बताए।
पूर्वराजा ज्ञानेन्द्र शाहका विश्वासपात्र सुवेदी राप्रपाका वरिष्ठ नेता एवं राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्षसमेत हुन्। पूर्वराजको आह्वानमा राजसंस्था पुनर्स्थापनाको आन्दोलनका लागि नवराज सुवेदीको नेतृत्वमा मोर्चाबन्दीको तयारी भएको थियो।
सुवेदीको नेतृत्वमा राजावादी आन्दोलनका लागि मोर्चा गठन भएपछि दुई राप्रपाका अध्यक्षहरूले असन्तुष्टि जनाएका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि जनाएका थिए।
सोमबार बोलाइएको राजावादी मोर्चाको बैठकमा दुवै राप्रपाका अध्यक्ष सहभागी नै भएनन्। यद्यपि अध्यक्षबाहेकका प्राय सबै नेताहरू मोर्चाको बैठकमा सहभागी थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया