शनिबार, ०२ अगस्ट २०२५

धेरै पारिश्रमिक लिएर न्याय पाइन्छ भन्ने भ्रम चिर्नूस्: मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै पारिश्रमिक लिएर न्याय पाइन्छ भन्ने भ्रम जनतामा रहेको भन्दै यसलाई चिर्न जरुरी रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

अमरेशकाे बचाऊ गर्दै एमालेकाे विद्यार्थी संगठनले भन्याे– प्रधानमन्त्रीकी पुत्रीलाई कानूनी दायरामा ल्याउनुपर्छ

नेकपा (एमाले)काे विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र सांसद अमरेशकुमार सिंहकाे बचाऊ गर्दै प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाललाई अनुसन्धानकाे दायरामा ल्याउन माग गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘धारा ३७० र जम्मु-कश्मीर’मा उम्लिएको भारतीय राजनीति

अदालतको फैसला सुनाउँदै भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश चन्द्रचूडले भनेका छन्, ‘राष्ट्रपति शासनमा राज्यले लिएको केन्द्रको निर्णयलाई चुनौती दिन मिल्दैन। अनुच्छेद ३७० युद्धको मामलामा एक अन्तरिम प्रावधान थियो। यसको पाठ हेर्दा पनि यो अस्थायी प्रावधान थियो भन्ने स्पष्ट हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते

मङ्सिर २९ शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादी काठमाडौँको सचिवालय बैठक सम्पन्न 

काठमाडौँमा बसोबास गर्ने केन्द्रीय परिषद एवं बागमती प्रदेश कमिटी सदस्य र विभागका सदस्यहरूसंग ७ पुसमा र सम्पर्क मञ्चका पदाधिकारीसंग १४ पुसमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको एकीकृत समाजवादी काठमाडौँका प्रचार विभाग प्रमुख एवं प्रवक्ता कृतु भण्डारीले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले थालेका जनपक्षीय कामबाट आत्तिएका शक्तिले भ्रम फैलाए: प्रधानमन्त्री प्रचण्ड

पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल, कपोलकल्पित र झुठो प्रचार गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रामक सूचनाका विरुद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको सङ्कल्प यात्रा

राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित एमालेले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज बागमती प्रदेशमा  कार्यक्रम सक्दैछ। मङ्गलबारदेखि उक्त कार्यक्रम कोशी प्रदेशमा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीमा सात वर्षीय रणनीतिक कार्ययोजना

अपाङ्गता न्यूनीकरण तथा पुनःस्थापना गर्नका लागि आगामी २०८७ सालसम्म विभिन्न काम गर्नेगरी उक्त रणनीतिक योजना अघि बढाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, माओवादीका महासचिव देव गुरुङलगायत शीर्ष नेताहरूकाे सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

आफू २० गते नै राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने नभइसकेकाे उनले बताए। राजीनामा स्वीकृत भएपछि मात्रै कारण खुलाउने उनकाे भनाइ छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमरेशकुमारलाई दीपशिखाकाे चेतावनी– आराेप पुष्टि गर्नुभएन भने सडकमा नाङ्गै दाैडाउन पाई कि नापाई?

नेकपा (माओेवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद सापकाेटा (दीपशिखा)ले सांसद अमरेशकुमार सिंहलाई प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहालमाथि लगाएकाे आराेप पुष्टि गर्न चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक तथा माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी: मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचारका सन्दर्भमा राणाकालीन समयदेखि हालसम्म मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित हुने

नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित भएको छ। विसं २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द रहे पनि अहिले आएर पुनः प्रकाशित हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुस्प्रचारबाट भ्रमित नहुन प्रधानमन्त्री सचिवालयको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ। केहीदिन अघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकारले जनतालाई राहत र ऋणीलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्छ: माधव नेपाल

उनले भने, ‘विभिन्न कारणले धेरै व्यवसायीको हालत खराब भएको छ। ऋणको ब्याज बढेको छ। ऋण तिर्न नसकेर गम्भीर सङ्कटमा परेका व्यवसायीलाई ऋण चुक्ता गर्ने समय बढाएर हुन्छ वा ब्याजदर घटाएर हुन्छ, राहत तथा लगानीकर्ता र ऋणीलाई सहुलियत दिनेबारे सरकारले सोच्नु पर्दछ।’

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने

पार्टीको आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहका उपनिर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्ने विषयमा छलफल गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छ: शेखर कोइराला

‘देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो। कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन। कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ’, डा कोइरालाले भने। उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चितवनको महत्त्वपूर्ण भूमिका रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं