बिएल संवाददाता
पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा स्वतन्त्र उम्मेदवारको समूह बिजयी भएको छ। यद्यपि बिजयी समूहकाे नेतृत्व गरेकी भूपेश्वरी ऐर नेपाल विद्यार्थी संघकी बागी उम्मेदवार हुन्।
प्रमुख दलका भातृ संगठन नेविसंघ र अनेरास्ववियुलाई पाखा लगाउँदै सबै सिट उनको समूहका उम्मेदवारले जितेका हुन्।
अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भुपेश्वरी ऐर ७३० मतका साथ विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी आधिकारिक उम्मेदवार पूर्णिमाया परियारले ३७९ मत पाएकी छन्। सचिवमा सन्ध्या बस्याल ६९५ मतसहित विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी नेविसंघकै विपना न्यौपानेले ३६१ मत पाएकी छन्। कोषाध्यक्ष संकल्पिका थापा ६६६ मत ल्याएर विजयी हुँदा नेविसंघी चाँदनी शाह ४०५ मत ल्याएर पराजित भएकी छन्।
त्यसैगरी सदस्यमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता वि.क, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यनसु कटवाल विजयी भएका हुन्। प्रमुख पद र सदस्यमा निर्वाचित सबै यही समूहका उम्मेदवार हुन्।
चैत ७ गते भएको निर्वाचनको परिणाम आयोगले गएराति सार्वजनिक गरेको हो। पद्मकन्या क्याम्पसमा नेविसंघ एक्लै चुनावमा सहभागी हुँदा एमाले र मओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका थिए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया