बिएल संवाददाता
कवाड व्यवसायी समाज नेपालले व्यवसायीमाथिको धरपकट तत्काल नरोकिए काठमाडौं महानगरपालिकाविरुद्ध थप संघर्षका कदमहरू अगाडि बढाउने चेतावनी दिएको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कवाड व्यवसायी समाजले महानगरले गरिरहेको ज्यादती तत्काल रोकेर सहज ढंगले व्यवसाय गर्ने वातावरण निर्माण गरिदिन आग्रह गर्दै नरोकिए थप संघर्षका कदमहरू अगाडि बढाउने चेतावनी दिएको हो।
महानगरले कवाड व्यवासायीहरूको व्यवसायस्थलमा डोजर चलाएर आतङ्क मच्चाएको, तोडफोड गरेको, साइकल र समान जफत गरेको उनीहरूको आरोप छ। उनीहरूले आफूहरूको जिउ, धनको रक्षाका लागि सरोकारवालाहरूको पनि ध्यानाकर्षण गराएका छन्।
कवाड व्यवसायी समाजले व्यवसायीमाथि भइरहेको ज्यादतीको विरुद्धमा भोलि बिहान ११ बजे महानगर घेर्ने तयारी गरेका छन्।
पत्रकार सम्मेलनमा संघर्ष समितिका नेता ओमप्रकाश सिंह, जोगेन्द्र साह, मनोहर जैसवाल, सुरेश साह, सरोज श्रेष्ठ, गोपाल जैसवाल, उपेन्द्र साह, रविशंकर जैसवाल, कृष्ण यादव, श्याम यादव, आर्या पाण्डेलगायत सहभागी थिए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया