बिएल संवाददाता
विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएको विरोधमा प्रतिनिधि सभामा हंगामा भइरहँदा सत्तापक्षका शीर्ष नेताहरू भने बालुवाटारमा भेला भएका छन्।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सत्तापक्षका शीर्ष नेताहरूनै नआएपछि बैठक आधा घण्टा ढिलो सुरु भएको थियो। बैठकको सुरुमै प्रतिपक्षी सांसदहरूले कुलनमालाई हटाएकोमा विरोध गरे।
उनीहरूले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने अडान राखे। सभामुख घिमिरेले बैठक चलाउन सहयोग गर्न बारबार आग्रह गर्दा पनि प्रतिपक्षी सांसदहरू ब्याक नभएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरे।
यता संसदमा सरकारको खोजी भइरहँदा सत्ता पक्षका सांसदहरू बालुवाटारमा बैठक बसिरहेका थिए। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू बालुवाटारमा व्यस्त थिए।
यता मंगलबारको सत्ता गठबन्धनको बैठक बहिष्कार गरेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि बुधबारको सत्तारुढ दलहरूको बैठक उपस्थित भएका छन्।
त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी छन्।
संसदमा सहजीकरण गर्नुपर्ने दलका सचेतकहरू नै सत्तापक्षको बैठकमा सहभागी थिए। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे पनि बालुवाटार बैठकमा सहभागी भएका थिए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया