बिएल संवाददाता
सत्तापक्षीय दलहरूले भूमिसम्बन्धी अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउने निर्णय गरेका छन्।
बुधबार बालुवाटारमा बसेको सत्तापक्षीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
‘भूमिसम्बन्धी अध्यादेशमा हाम्रो अब्जेक्सन कायम छ। त्यही भएर आजको बैठकमा यो अध्यादेशलाई आफैं निष्क्रिय हुन दिने र नियमित विधेयकका रूपमा ल्याउने सहमति बनेको छ। अरु विषयमा केही पनि कुरा भएको छैन। आजको बैठकमा भूमिसम्बन्धी अध्यादेशलाई अब के गर्ने? १८ गतेबाट आफैं निष्क्रिय हुन्छ, या त सरकारले फिर्ता लिनुपर्यो, या त यो आफैं निष्क्रिय हुने अवस्थामा पुगेको छ। त्यसैले यसै विषयमा आजको बैठकले अघि बढाउने निर्णय गरेको हो।’
यसअघि सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा पाँच अध्यादेश संसद्ले स्वीकृत गरेर छलफलका क्रममा छन्।
तर भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालले फिर्ता लिनुपर्ने माग सारेपछि अघि बढ्न सकेको थिएन।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया