बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएको विषयले संसदमा हंगामा मच्चाएको छ। आजै दुईपटक बसेको संसदमा सरकार नआएपछि बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ।
आज बिहान ११ बजे बसेको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी सांसदहरूले कुलमानलाई हटाएको विषयमा सरकारको जवाफ खोजेपछि बैठक स्थगित भएको थियो।
आधा घण्टाका लागि स्थगित बैठक दिउँसो ३ बजेपछि पुनः बसेको थियो। तर, बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी दलहरूले फेरि सरकारको जवाफ खोज्दै विरोध गरेपछि बैठक स्थगित भएको हो।
सभामुख देवराज घिमिरेले सांसदहरूलाई बैठक सहज रुपमा सञ्चालन गर्न पटकपटक आग्रह गरेपनि नमानेपछि बैठक स्थगित गरेका हुन्। प्रतिपक्षीले दिनभर संसदमा सरकार खोजपनि सरकारको तर्फबाट जवाफ आएन।
प्रतिपक्षी दलहरूले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिएका थिए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया