बिएल संवाददाता
बुधबार बसेको विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्रक अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान शासन व्यवस्थाप्रतिको प्रतिवद्धताबारे प्रश्न गरेका छन्।
माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकमा माओवादी, नेकपा एस, रास्वपा, महिन्द्रराय यादवको नेसपाका शीर्ष नेताहरू सहभागी थिए।
बैठकमा प्रचण्डले रास्वपाको शासन व्यवस्थाप्रतिको धारणा के हो? भन्दै प्रश्न गरेका थिए। उनले आफू रास्वपा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको भन्नेमा विश्वस्त रहेपनि समाजमा रास्वपाको ‘धार क्लियर’ नभएको म्यासेज सुनिएको भन्दै प्रश्न गरेका थिए।
बैठकमा रास्वपाको तर्फबाट सहभागी थिए उपसभापतिद्धय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार।
रास्वपा नेताहरूले प्रचण्डलाई पार्टीको जलेश्वर बैठकको निर्णयको स्मरण गराएका थिए। उनीहरूले गणतन्त्रको विकल्प नभएको भन्दै गणतन्त्रप्रति राप्वपाको धारणामा कसैले शंका गर्नुपर्ने कारण नभएको बताएका थिए।
रास्वपा नेताहरूले पटक पटक शासन सत्तामा रहेकाहरूको गलत कामको विरोध गर्नुको मतलब वर्तमान शासन व्यवस्थाको विरोध गर्नु नरहेको पनि स्पष्ट पारेका थिए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया