बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कर्मचारीलाई हटाउँदा केही मानिसहरू छाती पिटीपिटी रोइरहेको टिप्पणी गरेका छन्।
नेकपा एमालेको युवादस्ता राष्ट्रिय युवा संघ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसबारे सरकारले जवाफ दिइरहनु आवश्यक नरहेको टिप्पणी गरे।
उनले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरूलाई सहयोग हुने, उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन’, ओलीले भने।
त्यस्तै उनले चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्था रहेकामा त्यसलाई रोक्ने नियतले विपक्षी दलहरूले सदनमा अवरोध सुरु गरेको भन्दै आक्रोश व्यक्त गरे।
ओली भन्छन्, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरू। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईंहरूले चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौं। न आत्तिन्छौं। धैर्यपूर्वक अगाडि बढ्छौं।’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया