सोमबार, २२ डिसेम्बर २०२५

कहाँ पुर्‍याउला जनार्दन?

शासन प्रणाली राम्रो भए पनि यदि त्यसलाई सञ्चालन गर्ने व्यक्तिहरू वा संस्थाहरू सक्षम छैनन् भने शासन प्रणाली असफल हुन्छ। शासकीय अयोग्यता भनेको शासन प्रणालीको प्रभावकारिता घटाउने अवस्था हो, जहाँ सरकार वा प्रशासन जनताको हितमा प्रभावकारी सेवा दिन असमर्थ हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ

यहाँ सबैले बुझ्नु पर्ने के छ भने शब्दमा सही सिद्धान्त लिएर गलत काम गर्नुभन्दा व्यवहारले राम्रो गर्दै नयाँ सिद्धान्त सिर्जनाको अवस्था निर्माणको कोशिसले पनि अवसर पाउनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

स्मृतिका पर्दाले नछेकौं बीपीलाई

उहाँको योगदानको फेरि अर्कै पाटो छ। त्यो कुनै बेलामा म चर्चा गरुँला। तर हामीलाई राजनीतिक र पारिवारिक संस्कार दिने कोही हो भने त्यो बीपी कोइराला नै हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ताले थलिएको नेपाली कांग्रेस

यहाँ कतिपटक र कति समय कांग्रेस सत्तामा रहने र आफ्नो गुट बनाउने त्यसमा लागेको छ र सत्तामा हुदा समेत थकित, र निराश भएको छ। कारण नेपाली कांग्रेस जनताको नभएर गुटको भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा

छाउ हुनु- लाज होइन। यो त सृष्टिको अनुपम चक्र हो, जीवनको निरन्तरता हो, मातृत्वको पहिलो सर्त हो। तर विडम्बना! यत्रो वैज्ञानिक युगमा पनि हाम्रो समाजको सोच अँध्यारो युगमै अल्झिएको छ, विशेष गरी कर्णाली र सुदूरपश्चिममा।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

संवैधानिक इजलासबाटै संविधान संशोधन

यसअघि यो स्तम्भका दुई अंकका शीर्षक थिए, ‘ट्रायल–बलुन’मा ५२ भाइको नियुक्ति र ‘लगामबिनाका घोडा हुँदैछन् श्रीमानहरू’। यस अंकको शीर्षक जुरेको छ, संवैधानिक इजलासबाटै संविधान संशोधन। सुन्दा/पढ्दा अचम्म लाग्ला तर यो सत्य हो कि यो संवैधानिक इजलाशले नेपालको संविधानकै दुई महत्वपूर्ण प्रावधान संशोधन गरिदिएको छ। यसबाट  ‘संविधानको रक्षण हैन, भक्षण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

नेपाली कांग्रेस: पक्ष, विपक्ष र महाधिवेशनको गाँठो

अर्कातर्फ कांग्रेसका शुभेच्छुक तथा मुख्य भातृ संगठनको अधिवेनको विवाद चरम रुपमा बढेको देखिन्छ। कतिपय संगठनका कार्यकर्ताहरू पार्टी मुख्यालयमा विरोधमा बसेको अवस्था छ। जस्तो कि नेपाल तरुण दल। कांग्रेसको संगठनका विषयमा अर्को महत्वपुर्ण पक्ष भनेको महामन्त्रीहरूको सक्रियता र उनीहरूले प्रस्तुत गर्ने कार्यक्रम पनि हो। तर के त्यो विषयमा कांग्रेसभित्र निर्मम छलफल होला त? वा पार्टीका आगामी कार्यक्रमका विषयमा केही नयाँपन आउने सम्भावनाको अवस्था कसरी अघि बढ्ला भन्ने विषयमा पर्खनुपर्ने देखिन्छ। दुई दिन यता जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति तोक्न पनि लविङ्ग र दवाबको प्रयास भइरहेका बुझिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डोनाल्ड ट्रम्पः अमेरिकाका राष्ट्रपति वा ‘डब्ल्यूडब्ल्यूई’का जनरल म्यानेजर?

ट्रम्पले राजनीति हैन यहाँ त प्रदर्शन र टिभि शोको जस्तो राजनिति गरिरहेका छन्। WWE मा सबै कुरा स्क्रिप्टअनुसार चल्छ। त्यहाँ पात्रहरू ‘फेस’ (नायक) र ‘हिल’ (खलनायक) मा बाँडिन्छन्। ट्रम्पले पनि यही प्रवृत्ति अपनाएका छन् अहिले फेक न्युज मिडिया, विरोधीलाई तल्लोस्तरका टिप्पणी आदी गरेर। ट्रम्पको यो कार्यशैली सायद अमेरीकाको हित वा हित विपरित के हो त्यो आउने समयले देखाउने नै छ। तर कुनै पनि राष्ट्रको राष्ट्राध्यक्ष यस्तो हुनु भनेको त्यो देश मात्र हैन पुरै विश्व नै खतरामा पर्ने संकेत हो भन्न चाहीं १००% सकिन्छ। डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल राजनीति नभएर एक Wrestling Show जस्तै बन्दै छ। जहाँ नायकले खलनायकलाई ‘bodyslam’ गरेर विजयी हुने सपना देखिन्छ। त्यस्तै अहिले डोनाल्ड ट्रम्प नायक र बाँकी देशका सबै खलनायक भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधवमाथि ‘अख्तियार’ : सन्काएकै हुन् त ओलीले आँखा ?

नेपालका पाका वामपन्थी नेता माधव नेपालमाथि ‘अख्तियार’ लागेको छ। राजनीतिक जीवनको उत्तरार्द्धमा भ्रष्टाचारको अभियोग; सामान्य कुरा हैन। तर, प्रश्न के पनि हो भने यो अभियोग नेपाललाई तारो बनाइरहेका ओली प्रधानमन्त्री भएको बेला उनले नै भर्ती गरेका आयुक्तहरूले लगाएका छन्। यसले ओली र अख्तियार दुबैलाई शंकाको घेरामा उभ्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

ती ज्ञानेन्द्र, यी ज्ञानेन्द्र…, ती ओली, यी ओली

राजावादी आन्दोलनको रमाइलो दृश्यचाहिँ कमल थापालाई झ्याल्टुङ पार्दाको हो । २०६२/६३मा कयौ आन्दोलनकारीलाई झ्याल्टुङ पार्ने तत्कालिन शाही गृहमन्त्री थापाको यो हरिबिजोग दृश्यले ‘सबैको राम्रो/नराम्रो दिन आउँछ, पर्खनु मात्र पर्छ’ भनेको ठीकै रहेछ भन्ने दृष्टान्त मिल्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

आयो निदुली तेरो काल !

भिजिट भिसा काण्डमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफू निर्दोष भनेर दाबी गरे पनि परिस्थिति र तथ्यले त्यस्तो भन्दैन। कांग्रेस संस्थापन बाहेक कोही पनि उनको पक्षमा छैन। एमाले कांग्रेसको आन्तरिक विषय भनेर पन्छिए पनि अवस्था त्यति सहज छैन।यो गृहमन्त्री लेखकको मात्र हैन, ओली सरकारकै जघण्य काण्ड हो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

लाज नै लजाएको देश

नारा भ्रष्टाचारमा शून्य सहनशीलता, पारदर्शिता र सुशासनको छ। तर, व्यवहार ठीक उल्टो छ। सरकार बनाएको १० महिना भइसक्यो, प्रधानमन्त्री ओली र उनका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलताको यो भन्दा भद्दा मजाक के हुन सक्छ र ?

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

गैरआवासीय नेपालीः ‘तेरो घरमा कांग्रेस पसोस्’ !

गैरआवासीय नेपाली संघको स्थापनामा कांग्रेसजनको कुनै भूमिका छैन।त्यसैले उनीहरू यसलाई बाँसको मुरलीझै सके 'आफैं बजाउने, नसके फुटाइदिने' रणनीतिमा थिए। धेरै प्रयासपछि यसपटक भने एनआरएनमा कांग्रेस पसेर नै छोड्यो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

नेपालको राजनीतिमा ‘युगान्तकारी’ नेतृत्वको आह्वान

नेपालको राजनीतिक परिदृश्य संकटको गहिरो खाडलमा फसेको छ। प्रमुख दलहरूको भ्रष्टाचार, स्वार्थकेन्द्रित नीति र शासकीय अक्षमताले जनताको विश्वास पूर्णरूपमा गुमेको छ। नयाँ दलहरूले पनि प्रारम्भिक आशालाई कायम राख्न नसकेर विवाद र अस्थिरताको दलदलमा फस्दैछन्। जनताले अब सक्षम, इमानदार र परिणाममुखी नेतृत्वको खोजी गरिरहेका छन्। देशलाई यो अँध्यारो युगबाट मुक्त गर्न बालेन्द्र शाह, सर्वेन्द्र खनाल र कुलमान घिसिङजस्ता असाधारण व्यक्तित्वहरूको नेतृत्व अपरिहार्य छ। नेपालको राजनीतिक संकटले देशलाई पछाडि धकेलिरहेको छ। प्रमुख दलहरूले सत्ताको दुरुपयोग, भ्रष्टाचार र नीतिगत अस्थिरतामार्फत जनआकांक्षालाई कुण्ठित बनाएका छन्। विश्व बैंकका अनुसार नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा जम्मा ३.३५ प्रतिशत रहने अनुमान छ, जुन दक्षिण एसियाको औसतभन्दा कम हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको मुख थुन्ने ‘हुकुम’विरुद्ध अक्षरको सलामी

नेपाललाई ‘बनाना रिपब्लिक’ बनाउन न्यायपालिकाको पनि अहम् भूमिका छ। ‘ढिलो न्याय दिनु पनि न्याय नदिनु सरह हो’ भन्ने भनाइलाई मान्ने हो भने नेपालमा न्याय भएकै छैन भन्दा पनि हुन्छ। तर, पनि त्यसो भन्न पाइदैन, भन्यो कि अदालतको अवहेलना भैहाल्छ। यही बीचमा गगन थापा बोले। श्रीमानहरूको हुकुम आयो- 'उप्रान्त यस विषयमा नबोल्नू।'

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

नेपालीको ‘चेतनशील मौनता’ र ‘पुनः क्रान्ति’

नेपाली समाजको मनोविज्ञान अहिले एक किसिमको गहिरो दोधारमा छ। राजनीतिक परिवर्तनका लहरहरूको अनुभुति लिई सकेको यो देश फेरि एक पटक कुनै निर्णयको दोबाटोमा उभिएको छ। एकातिर जनतामा निराशा छ, अर्कातिर मौनतामा चेतना निराश छ। जुन मौनता न त पूर्ण रूपमा बेखबर हो, न नै निष्क्रिय।   के यो मौनता चेतनशील हो? वा, अब फेरि क्रान्तिको तयारी हुँदैछ? नेपालको आधुनिक इतिहास आन्दोलनहरूको इतिहास हो। प्रश्न साधारण छन तर परिस्थिति गम्भिर छ! १)आन्दोलन पहिले पनि भए तर २००७ सालको राणा विरोधी आन्दोलनले प्रजातन्त्र ल्यायो जसको साक्षी नेपाली काग्रेस छ। २) अर्को विद्रोह २०४६ सालको जनआन्दोलनले देखायो जुन  बहुदलीय व्यवस्था पुनःस्थापित गर्न थियो जुन भयो र  गर्‍यो पनि।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीमुक्त एमालेका लागि 'त्रुपको पत्ती'

नेपाल यतिबेला राजनीतिक बुमर्याङमा फसेको छ। यसका लागि सबैभन्दा बढी जिम्मेवार कोही छ भने त्कोयो ओली नै हुन्। उनलाई एमाले अध्यक्षबाट विस्थापित नगरी देशले निकास पाउँदैन। त्यसका लागि 'त्रुपको पत्ती' हुन सक्ने भनेको विद्यादेवी मात्रै हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

गणतन्त्रभित्र जनताको खोज!

नेपालमा २०६२/६३को आन्दोलनले गणतन्त्र आयो जसको सिधा परिभाषा थियो ‘गणतन्त्र- भन्नाले त्यस्तो शासन व्यवस्था हो जहाँ प्रमुख सत्ता जनतामा निहित हुन्छ। यहाँ राजा वा निरंकुश शासक हुँदैन, जनताबाट निर्वाचित जनप्रतिनिधिहरू शासन चलाउँछन्। जनतामाथि जनताको प्रत्यक्ष भुमिका रहने छ, सबै समान हुन भन्ने भावनाले चलाइने छ र यस्तो तन्त्र नै गणतन्त्र हुनेछ।’  तर नेपाल देशका जनताको अनुहार नै हराएको छ यो गणतन्त्रमा त। यहाँ हरेक नेपालीले एक अर्काको अनुहारमा गणतन्त्र खोजी रहेका छन्। गणतन्त्र आएपछि बाँडिएका सपनाहरु तथा उदाएका नेताहरुको नयाँ वाचाहरु खोज गर्न जनताले अहिले खोजकार्य चलाईरहेका छन् र चलिरहेको छ। गणतन्त्र ल्याउन ०६२/६३ को आन्दोलन गरेको नभई आफूले नपाएको सत्ताको बागडोर आफूमा निहित गर्न नेपाली जनताको अगाडी तेर्स्याइएको ‘ललिपप’ थियो कि भन्ने भान अहिले जनताले गर्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भो, अति भो 'भुक्ने' नेता र 'भन्नुभयो' मिडिया

नेपालमा एक हैन अनेक विकृति छन्, तीमध्येको शीर्ष विकृति हो- ‘भुक्ने’ नेता र ‘भन्नुभयो’ पत्रकारिता। नेपाली मिडियाका आधा जति शीर्षक त यी भुक्ने नेताका ‘भन्नुभयो’ कारितामै सिमीत छन्। मलाई लाग्छ, नेपाली मिडियामा ‘भन्नुभयो’ शीर्षकको अध्याय सकिएको दिन धेरै भ्रमको बादल फाड्छ। आशा गरौं, २०८२ मा नेपाली मिडिया भुक्ने नेता र भन्नुभयो पत्रकारिताको शल्यक्रिया गर्नेतिर लाग्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

ओलीलाई ‘मोदी गृहकार्य’ : राजासहितको हिन्दू राष्ट्र

नेपालमा ‘राजा फर्काउने आन्दोलन’ सुरू भएकै छेको पारेर ओलीले 'मोदी-दर्शनभेट’ पाएका छन्। एक्लाएक्लै भएको यो भेटबाट एउटा आशंका उब्जिएको छ- ‘कतै यो भेट नेपालमा राजासहित हिन्दू राष्ट्र बनाउने शर्तमा त भएको थिएन ?’ राजावादीहरू हर्काउदै आएका ओलीसामु अर्को एउटा गम्भीर प्रश्न उभिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका