शनिबार, १३ सेप्टेम्बर २०२५

ओलीको चक्रव्यूहमा नेपालको राजनीति

पुराना हुन् वा नयाँ नेपालका सबै राजनीतिक दलका नेता सत्ताको लोभमा फसेर बालकोटको टाट्नामा पुगिसकेका छन्।अबको पालो भनेको केपी ओलीले पालैपालो छानी-छानी मार हान्ने मात्र हो। बढीमा मारमा को पहिला र को पछि पर्ने भन्ने मात्र हो ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

लाज पचेका नेता र अस्मिता लुटिएको राज्यसंयन्त्र

रवि लामिछानेको शरीरभरी सहकारी ठगीको दुङदुङ फोहोर छ।ओली र प्रचण्ड सारा राज्य संयन्त्रको दोहन गरेर फोहोर पखाल्न लागिपरेका छन्।आखिर के का लागि ? प्रचण्ड प्रधानमन्त्रीमा रहिरअन र ओली त्यसपछि प्रधानमन्त्री हुन्छु भन्ने आशामा त हो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

फेरि अर्को अस्थिरताको घनचक्करमा नेपाल

ओली-दाहाल-लामिछाने ट्रोयंकाले सरकारमा टिकिरहने निन्जा टेक्निकको कास्टिङ देखाएको छ । यही कास्टिङअनुसारकै चलचित्र पनि देखाउन पाए भने देश फेरि अस्थिरताको घनचक्करतिर धकेल्नेछन् । यो घनचक्करले कसैलाई पनि मनोरञ्जन दिदैन, पीडा मात्र दिन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

शेखर कोइरालाले पूर्वमा हिँडेको बाटो

पछिल्लो समय एमाले र कांग्रेस मिलेर सरकार चलाउनुपर्ने धारणा राखिरहेका कांग्रेसका नेता डा.कोइरालामाथि नैतिक प्रश्न उठेको छ। त्यो गठबन्धनको संस्कृति र नैतिकताको प्रश्न, संघीय सरकारमा भएको गठबन्धनविरुद्धको सत्ता समीकरण कोशी प्रदेशमा गरेकोमा।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपाको हीरक जयन्ती र समयको सन्देश

ओली कम्युनिष्ट आन्दोलनको एक दूरदर्शी नेता र वफादार सिपाही हुने हो भने ओलीले वाम एकताका लागि गम्भीर पहल गर्नैपर्छ । त्यसको पहिलो शर्त भनेकै अहिले सरकारमा रहेको वाम गठबन्धनलाई जोगाएर अगाडि बढ्नु हो । यदि यो दुर्घटनामा पर्यो भने त्यो ओलीकै कारणले हुन्छ र त्यसपछि नेपालमा वाम एकताको च्याप्टर नै सधैंका लागि बन्द हुन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

सुशासन त ‘सम्झिने पानी छम्किने’

नेपाल विधिको शासनतिर भन्दा निर्देशनको शासनतिर अगाडि बढिरहेको छ।हरेक दिन जो जहाँ छन्, दुई-चार थान निर्देशन दिएकै छन्। निर्देशन भनेको एक किसिमको हुकुम हो। यसरी हेर्दा देश फेरि हुकुमी शासनमा फर्केको छ। यस्तो देशमा सुशासन त ‘सम्झिने पानी छम्किने’ मात्र हो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

२०८१ 'सत्यम्, शिवम्, सुन्दरम्'को वर्ष बनोस्

२०८० साल नेपालको इतिहासमै एक बिर्सनलायक वर्षका रूपमा विदा हुँदैछ । यही पृष्ठभूमीमा आउँदै गरेको वर्ष २०८१ ले पनि खासै आशाको किरण ल्याउला जस्तो छैन । तैपनि कामना गरौं, परिस्थिति नाटकीय रूपमा नेपाल समृद्ध र नेपाली सुखी हुने बाटोतिर मोडिने छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

आसन्न उपनिर्वाचन र गठबन्धनको भविष्य

ओली र देउबाका हात राम्रैसँग मिल्न थालेको देख्दा दक्षिण र पश्चिममा खिचडी पाकिसकेको संकेत मिल्छ। पाकेकै हो भने वैशाख १५ अघि नै कांग्रेस र एमालेको आलोपालो सरकार वा संयुक्त सरकार बन्ने घोषणा भयो भने पनि अचम्म मान्नुपर्ने छैन। नेपाल यसै पनि रात रहे अग्राख पलाउँने देश हो, त्यसमा पनि यहाँको राजनीतिको त कुरै भएन।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

अमेरिकी र चिनियाँ प्रभुत्वको टकराबमा नेपाल

नेपाल यतिबेला दुई शक्ति राष्ट्र अमेरिका र चीनबीचको स्वार्थको 'टकराब' ब्यवस्थापन गर्न नसकेर अप्ठ्यारोमा छ। एकातिर अमेरिकाको एमसीसी छ भने अर्कोतिर चीनको बीआरआई।आन्तरिक रूपमा अत्यन्तै कमजोर नेपाल भने यो टकराव टुलुटुलु हेरेर बस्नुपर्ने स्थितितिर धकेलिदैछ।

बिएल संवाददाता

बिएल संवाददाता -

रवि लामिछानेको अग्नीपरीक्षा: कालो विगत दबाउने कि सुशासन दिने ?

अमेरिकी नागरिक भएकै बेला रविले पुरानो नेपाली नागरिकता प्रयोग गरेर जे जस्ता गैरकानूनी काम गरेका छन्, ती सबै रविको गर्दनमाथि झुन्डिएका तरबार हुन् । कुनै न कुनै दिन ती तरबार एक–एक गरेर गर्दनमाथि खस्नेछन् र रविको जीवन पुनः मुसिक भवःको अवस्था दुखान्त हुनेछ । अहिले रविको स्थिति भनेको निभ्न लागेको बत्ती चम्केजस्तै मात्र हो । यो

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

ओलीलाई गल्ती सच्याउने अन्तिम मौका

एमाले अध्यक्ष ओलीले यसअघि दुईपटक अक्षम्य महागल्ती गरिसकेका छन् । पहिलोपटक, एकीकृत भैसकेको नेकपा र एमाले बिभाजित गराएर दोस्रोपटक यो संसदको सुरूमै बनेको गठबन्धनलाई टिक्न नदिए। । यदि उनले कुशल नेतृत्व क्षमता देखाएर त्याग गरेको भए अहिलेसम्म नेपाली राजनीतिको डाइनामिक्स नै परिवर्तन भैसकेको हुन्थ्यो ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

कांग्रेस महासमितिका तीन प्रस्ताव र तिनका डाइनामिक्सहरू

कांग्रेसको भर्खरै सम्पन्न महासमिति बैठकले प्राइमरी चुनाव गर्ने, ‘वान-टु-थ्री-फोर’ सूत्रमार्फत् नेताको बहिगर्मन गरने र चुनावपूर्व गठबन्धन नगर्ने भनेर महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। यी प्रस्ताव कार्यान्वयनमा आए भने कांग्रेसले त जीवन र गति पाउँने नै छ, त्यसको टिकल डाउन प्रभाव अरू राजनीतिक दलमा पर्दा देशको राजनीति वैचारिक ध्रुवीकरणको राजमार्गमा आइपुग्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

किन बिदेसिए लाखौँ नेपाली ?

नेपालीहरू मूलत: काम गर्न र पढ्न नै विदेश जाने गरेको पाइएको छ । आजको विश्व भूमण्डलीयकरणको युगमा पढ्न वा काम गर्न विदेश जानु स्वभाविक हो। उनीहरू उच्च शिक्षा हासिल गरेर वा कमाएर फर्कने गरी विदेश गएका हुन्। उनीहरूको भिसा स्टाटस पनि त्यही हो। तर, देश फर्कने वातावरण बनेन भने उनीहरू ‘मेरो देश मेरो प्राण’ भन्दै भावुक भएर नेपाल फर्कनेवाला चाँहि छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

नेपालको कानुन दैव जानुन्

नेपालमा यो वा त्यो नामका व्यवस्था फेरिए पनि ‘मत्स्यन्याय' परिपाटी भने फेरिएको छैन। सुकिलामुकिलालाई एउटा कानुन र घुर्मैलालाई अर्को कानुन लागु भएकै छ। पद र पैसाले कानुन यता–उता पारेर न्याय मारिएकै छ । नेपालमा न्याय त अपवाद भएको छ; धेरैमा हुने भनिएको न्याय गरिएजस्तो मात्रै हो। त्यसैले त नेपालमा जनजनले भन्दैआएका छन्, 'नेपालको कानुन, दैव जानुन्।'

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

‘समुदायमा काँग्रेस’ खोज्ने कि काँग्रेसमा समुदाय?

नेपाली काँग्रेसबाट समुदाय छुट्यो कि समुदायबाट नेपाली काँग्रेस? नेपाली काँग्रेसमा समुदाय कि समुदायमा नेपाली काँग्रेस? महासमितको बैठकले काँग्रेस खोज्नका लागि यस्तै प्रश्नहरूमाथि ‘त्यो बिगत’लाई झै निर्मम समीक्षा गरोस्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रको निधारमा भ्रष्टाचारको टीका

विगत एक दशकयता ‘भ्रष्टाचारलाई शुन्य सहनशिलता’ भन्ने देशका सबै ठूला राजनीतिक दल र तिनका नेताले सरकार चलाइसके। तर, पनि देश भने निरन्तर रूपमा अति भ्रष्टाचार हुने मुलुकको श्रेणीमै परिरहेको छ। यसले के देखाउँछ भने अब त भ्रष्टाचार नै नेपालको राष्ट्रिय चरित्र भैसक्यो। यसबाट कसरी मुक्त हुने?, टाढा-टाढासम्म उपायको झिल्को देखिदैन।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

राष्ट्रियसभा निर्वाचनको शिक्षा र मिशन ८४ को मार्गचित्र

२०८४ मा वामपन्थीको बहुमत भनेर यथार्थवादी प्रक्षेपण गरेर अगाडि बढियो भने त्यसले वामपन्थी भित्र त एक किसिमको मोमेन्टम दिन्छ नै, दक्षिणपन्थी ध्रुवीकरणका लागि पनि त्यसले दबाब सिर्जना गर्छ। यही नै देशका लागि मिशन ८४ हुनुपर्छ। त्यो मिशनको चोरसाँचो अहिले पनि ओलीकै हातमा भएकाले देशको राजनीतिक कोर्स करेक्सनको ‘पन्डोरा बाकस’ उनैले खोल्नुपर्छ। कसैलाई प्रिय लागे पनि/नलागे पनि अहिलेको भुइँ-यथार्थ यही हो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

राष्ट्रियसभा निर्वाचनको शिक्षा र मिशन ८४ को मार्गचित्र

२०८४ मा वामपन्थीको बहुमत भनेर यथार्थवादी प्रक्षेपण गरेर अगाडि बढियो भने त्यसले वामपन्थी भित्र त एक किसिमको मोमेन्टम दिन्छ नै, दक्षिणपन्थी ध्रुवीकरणका लागि पनि त्यसले दबाब सिर्जना गर्छ। यही नै देशका लागि मिशन ८४ हुनुपर्छ। त्यो मिशनको चोरसाँचो अहिले पनि ओलीकै हातमा भएकाले देशको राजनीतिक कोर्स करेक्सनको ‘पन्डोरा बाकस’ उनैले खोल्नुपर्छ। कसैलाई प्रिय लागे पनि/नलागे पनि अहिलेको भुइँ-यथार्थ यही हो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

गगन हिँडिरहेको बाटो

विद्यार्थी आन्दोलनबाट आर्जेको उनको पूँजी भनेकै लोकप्रियता हो। उनको त्यही पूँजीले थापालाई पार्टीमा महामन्त्रीसम्म डोर्‍यायो। संसदको ढोका जनमतले दिलायो। मन्त्रीसम्मको पद पार्टी-लाइनले दियो। बाहिरबाट हेर्दा सब ठिकठाक छ महामन्त्री थापाको राजनीतिक जीवन। तर बेलाबखत उनी स्वयं उकुसमुकुसमा भएको गरी खरो रुपमा आफ्ना कुरा राखिदिन्छन्। अनि त पार्टीभित्र र राष्ट्रिय राजनीतिमा उनको चर्चा चुलिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गैरआवासीय नेपाली नागरिकताः लिनै गाह्रो, लियो कागजको खोस्टा जस्तो

गैरआवासीय नेपाली नागरिकता लिनै गाह्रो छ। अनेक भुक्तमान गरेर लियो, न मान छ, न मनितो। यो नेपाली नागरिकता नै हो तर नागरिकताबाहकले नेपाल पस्दा भिसा लिनुपर्छ, योभन्दा हाँस्यास्पद के हुन सक्छ? यस अर्थमा त यसलाई एक किसिमको कागजको खोस्टो भन्दा के फरक पर्ला र?

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका