आइतबार, ०१ नोभेम्बर २०२६

अमेरिकामा ट्रम्प २.० : नेपालमा ‘ट्रिकल डाउन’

अमेरिकामा ट्रम्प २.० सुरू भएसँगै नेपाल र नेपालीमा पनि यसको सम्भावित असरलाई लिएर चासो र चिन्ता बढेको छ । अमेरिकाको नेपाली डायस्पोरामा त्रास र अनिश्चितत बढेको छ । कागजपत्रविहीनहरू फर्किनुपर्ने दिन गन्न थालेका छन् भने अंगीकृत नागरिक भैसकेका समेत कुनै बहानामा ‘डिन्याचुरालाइजेसन’ होइने हो कि भन्ने त्राशमा छन् । नेपालमा सरकार ‘अमेरिका पहिलो नीति’का कारण सहयोग घट्ने चिन्तामा परेको छ भने जनस्तरमा तथाकथित अमेरिकी सपना बन्द हुने सम्भावनाले निराशा बढाएको छ । यसले पार्ने अरू ट्रिकल डाउन असरको त उल्टो दिनगन्ती नै सुरू भैसकेको छ ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

रोल्पाको चतुर्भुज महोत्सव र पर्यटन विकास

स्वर्गद्वारी दर्शनका लागि आउनुहुने तीर्थयात्रीहरू चतुर्भुजस्थित शिवपाञ्चायन मन्दिर, नवनिर्मित शिव प्रतिमा र त्यसनजिक पर्ने त्रिपुरासुन्दरीदेवीको पनि दर्शन गरेमा थप पुण्य प्राप्त हुने जनविश्वास छ। पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गममा रहेको पवित्र तीर्थस्थल रिडीमा गएर नुहाउनु र चतुर्भुज दोभानमा गएर नुहाउनुको उत्तिकै महत्व राख्दछ भनेर बुढापाकाहरूको भनाई पनि रहेको छ। यसकारणले पनि चतुर्भुजको अझ धेरै प्रचार प्रसारमा लाग्नु जरुरी देखिन्छ।

अमर अधिकारी

अमर अधिकारी - रोल्पा

निर्देशनले प्रशासन, अध्यादेशले सरकार

निर्देशनले प्रशासन र अध्यादेशले शासन चलाउन वदनाम के पी ओलीको पछिल्लो सरकारले फेरि पुरानै लय समातेको छ। पछिल्लोपटक एकसाथ चार अध्यादेशमार्फत् २९ वटा ऐन संशोधन गर्ने परिघटनालाई त अध्यादेशको कोतपर्व नै भन्दा हुन्छ। संसदको हिउँदे अधिवेशन छलेर मच्चाइएको यो कोतपर्वमा कांग्रेस पनि मतियार बनेको छ। कांग्रेसको तर्फबाट त्यसको नेतृत्व महामन्त्री गगन थापाले लिनु त झन दु:खलाग्दो कुरा हो। यसले अब पुस्तान्तरणको कुरा पनि ढाँटको पैचो हो भन्दा हुने भएको छ ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

पृथ्वीनारायण शाह र नेपाल एकता

नेपालको एकता, स्वाधीनता, संस्कृति र धर्मको संरक्षण गर्नका लागि आगामी शासक र जनतालाई राजनीतिक विवेक, नैतिक जिम्मेवारी र राष्ट्रिय हितका लागि कार्य गर्न प्रेरित गरेका छन्। पृथ्वीनारायण शाहको दिब्य उपदेश नेपालको एकता, सुरक्षा र समृद्धिका लागि एक मार्गदर्शक सूत्रको रूपमा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई राेल्पालीको खुला पत्र: तपाईंका कार्यकर्तालाई बाँझो खेतबारी जोत्न पठाउनुस्

२०८४ को निर्वाचन आउँदैछ, आफ्ना छाडा कार्यकर्ताहरूलाई नियन्त्रण गर्नुस्। उनीहरूलाई गाउँगाउँमा रहेका बाँझो खेतबारी खनजोत गर्न पठाउनुस्। श्रमका लागि युवाहरूलाई विदेश जाने वातावरण रोक्नुस्। पार्टीलाई सुधार गर्नुस्, जनताको मन जित्ने काम गर्नुस्।

अमर अधिकारी

अमर अधिकारी - काठमाडौँ

संविधान संशोधन बहानाबाजीको पटाक्षेप

अन्तत: ओलीले दोहोर्याइकन भने, संविधान संशोधन २०८३ मा हैन, २०८७ मा हुन्छ। एमाले केन्द्रीय समितिको बैठकमा उनलाई यो सत्य ओकल्दा ओली सरकार ६ महिनाको भैसकेको थियो।धेरैलाई थाहा थियो, संविधान संशोधन एमाले-कांग्रेस सत्ता गठबन्धनको वहाना मात्र थियो।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

इण्डो–अमेरिकी रणनीतिमा घुमिरहेको नेपाली सत्ता

सभापति देउवा र महामन्त्री थापा नयाँ सत्ता समीकरणलाई लिएर इण्डो–अमेरिकन समर्थनसहित सत्ताको कम जोखिमका लागि गृहकार्यमा रहेको स्रोत बताउँछन्। प्रधानमन्त्री ओलीले संविधान संशाेधनको उपायबाट मधेस केन्द्रित दल र छिमेकी भारतको समर्थन खोजिरहेका छन्। तर यस विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूका बीचमा आवश्यक छलफल र तयारी हुन सकिरहेको छैन।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

किन छैन नेपालमा भविष्य ?

सन् २०२४ भरि नै नेपालमा भविष्य छैन भन्ने जबर्जस्त भाष्य निर्माण भयो। परिणामस्वरूप ठूलो संख्यामा नेपाली युवाहरू पढ्ने बहानामा विदेशिए। तर, सत्य त्यस्तो हैन- नेपालमा केही भएको पनि छ र नेपालको भविष्य पनि छ।आवश्यक छ त सकारात्मक भाष्य निर्माणको। सन् २०२५ मा त्यही दिशामा काम होस्- सबैलाई शुभकामना।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

भ्रष्टाचारप्रति ओलीको 'अतिरिक्त' मोह

भन्नलाई त के पी ओली 'आफू पनि भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न' भन्छन् तर व्यवहारले त्यस्तो देखाउँदैन। उनी प्रत्यक्ष वा परोक्ष रूपमा एक हैन अनेक भ्रष्टाचार प्रकरणमा जोडिएर भ्रष्टाचारीहरूको संरक्षण पनि गर्दैआइरहेका छन्।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

सुदूरपश्चिममा विभेदका छाउ गोठहरू

गाउँघरमा निकै अघिदेखि सुनिँदै आएका हुन् डेउडा गीतका यी पंक्तिहरु। महिनावारी भएकी महिलालाई भान्सामा त के घरभित्रै जान रोक छ अधिकांश ठाउँमा। यहाँ दोस्रो पंक्तिले गजबको प्रश्न तेर्स्याइएको छ– कोही दुःखी छन्। कोही सुखी देखिन्छन्। कतै भगवान पनि दुई त छैनन्? यो एक प्रकारको गहिरो व्यङ्ग्य पनि हो। भगवान भरोसामा बाँचेकाहरुले तिनै देवी देउताप्रति जनाएको असन्तुष्टि पनि हो।

हेमन्त विवश

हेमन्त विवश - काठमाडौं

सत्ता परिवर्तनको ‘मिडिया ट्रायल’

नेपालमा २ मुख्य ठुला दलको समीकरण फेरवदल गर्न भइरहेका प्रयासहरु नतिजामुखी छैनन्। यो समीकरण भत्काउन अन्तर्राष्ट्रिय शक्ति त्यतिबेलासम्म सफल हुने छैनन्, जतिबेलासम्म काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीबीच अविश्वास संकट आउँदैन।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

तीन दलीय सर्वसत्तावादको कोपभाजनमा लोकतन्त्र

नेपालको अहिलेको मूल समस्या दल हैनन्, तिनीका शीर्ष नेता हुन्। त्यसमा पनि तीन ठूला दलका सुप्रिमो देउबा, ओली र प्रचण्ड नै मूल समस्या हुन्। गणगन्त्र स्थापनापछि एकछत्र राज गर्दैआएका उनीहरूले नै आज देशमा ब्याप्त निराशा, कुण्ठा र हतासाको जन्म दिएका हुन्।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

वाचाल ओलीको विश्वसनियताको गिर्दो ग्राफ

केपी शर्मा ओलीको विश्वसनियताको ग्राफ लगातार गिर्दो छ । देशभित्र प्रायश: सबैलाई धोका दिएर आफ्नो विश्वसनियता सिध्याइसके, देश बाहिर पनि त्यस्तै चौपट अवस्था छ।भारतको लागि भ्रमणको निम्ता पाउँन लायक रहेनन्। निम्ता मागेर चीन गएका त्यता पनि खासै भरपर्दा भएनन्। अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लू काठमाडौं पुग्दा जानी जानी झापा बंक गरेर अमेरिकालाई पनि शंका गर्ने ठाउँ दिए।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शून्य!

केही समयअघि पोखरा घुम्ने अवसर मिलेको थियो। पोखराको सौन्दर्यतामा मैले धेरै खुशी अनुभूति गरें। साथै केही तिता सम्झनाहरू पनि मसँग छन्। जुन सुधार गर्नैपर्ने खालका छन्। त्यसैले यहाँहरू माझ साझा गर्न गइरहेको छु। चाडपर्वमा लामा दूरीका सवारी साधनले मनलाग्दी भाडा उठाउने गुनासा आउने गर्छन्। त्यसको प्रत्यक्ष भोग्ने म पनि भएँ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केशर पुस्तकालय कहिले बन्छ डिजिटल? (अन्तर्वार्ता)

नेपाली साहित्य, इतिहास, संस्कृति, र पुरातात्त्विक अध्ययनका लागि महत्त्वपूर्ण स्रोत मानिने केशर पुस्तकालयमा प्राचीन पाण्डुलिपिहरू, ऐतिहासिक दस्तावेजहरू, र नेपाली तथा विदेशी भाषाका पुस्तकहरूको विशाल संग्रह छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओलीको चीन भ्रमणः दुईमुखे सरकारको दुक्की जुटको ‘शो’

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री श्रीमती देउबा पछिल्लो राजनीतिका परिदृश्यका दुक्की जुट हुन् । गिरीबन्धु टी स्टेट र भुटानी शरणार्थी प्रकरणले बनाइदिएको यो दुक्की जुट अहिले चीन भ्रमणको तयारीमा छ।यो भ्रमण सुरू गर्नुअघि नै बीआरआई गिजोलिएको छ र यो एक फ्लप शो हुने सम्भावना बढेको छ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

मिशनको पत्रकारिता सदाबहार एजेण्डा अभिव्यक्ति स्वतन्त्रता

आमसञ्चारको एउटा सिद्धान्तले भन्छ, ‘मिडियाले साइक्लिक अर्डरमा मूलधारे मिडिया र वैकल्पिक मिडियाहरू ठाउँ र भूमिका फेर्न सक्छन् । तर, त्यसका लागि आधारभूत रूपमा उनीहरू लगभग उस्तै बुनोट र बनोटको हुनुको साथै उस्तै संरचनाको पनि हुनुपर्छ ।’ जस्तो कि बाघ वर्गको बिरालोले कहिलेकाहीँ बाघ जस्तै भनेर बाघलाई प्रतिस्थापन पनि गर्न सक्छ तर कुकुर बर्गकोले बाघ जस्तै भनेर बाघ वर्गलाई प्रतिस्थापन गर्न सक्दैन ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

एमालेको जागरण सभाका अन्तर्य

सरकारले कुरा नसुन्दा आफ्ना कुराको सुनुवाइ गराउन सडकमा नागरिकले संघर्ष गर्छन्। तर एमाले भने सरकारमा रहँदा समेत बेलाबखत सडकमा उत्रने अभ्यास गरिरहन्छ। संसद र सरकारमा रहेको दलबाट सडकमा गरिने यस्ता कार्यक्रमले नागरिकमा के सन्देश दिन खोजेको हो? त्यसको अन्तर्यमा पुग्न जरुरी छ।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

अमेरिका भयो ‘ट्रम्पेरिका’ : अब के होला ?

विश्वको एक मात्र महाशक्ति राष्ट्र अमेरिका फेरि एकपटक 'ट्रम्पेरिका'मा खुम्चदैछ। अबको चार वर्ष अमेरिकामा अल्पसंख्यक गैर-श्वेत आप्रवासीहरू एउटा कित्तामा र बाँकि अर्को कित्तामा विभाजित हुन्छन् । यो मानसिक कित्ताकाटले अमेरिकालाई बिस्तारित गर्ने हैन, खुम्च्याउने छ। अमेरिका ट्रम्पेरिकामा खुम्चेपछि बाँकि विश्वका शासकहरूलाई भने 'हाइसञ्चो' पनि हुन सक्छ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

आम निर्वाचनको पूर्वसन्ध्यामा अमेरिका: के सोच्दैछन् नेपाली-अमेरिकीहरू ?

अमेरिका भोलि मंगलबार विहान ७ बजेदेखि सुरू हुने इन पर्सन मतदानको पूर्वसन्ध्यामा उभिएको छ । यो निर्वाचनमा कमला विजयी हुन्छिन् कि ट्रम्प?, यसै भन्न सकिने अवस्था छैन। तर, एउटा कुरा भने निश्चित छ कि यो निर्वाचनमा मतदान गर्न सक्ने  ६५ हजार नेपाली-अमेरिकीले चुनावी नतिजालाई प्रभावित गर्न सक्छन् ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - फिलाडेल्फिया, अमेरिका