सोमबार, १८ नोभेम्बर २०२४

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक सर्वसम्मत पास गरेको छ। बिहीबार सिंहदरबारमा बसेको समितिकाे बैठकले टीआरसी विधेयक सर्वसम्मत पास गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली आकाश असुरक्षित भयो, जाँचबुझ आयोग गठन गरौँ: मन्त्री पाण्डे

‘अब हामीले सधैँ छानबिन आयोग, जाँचबुझ आयोग बनाइरहने, आयोगले प्रतिवेदन दिन ढिलाई गर्ने र आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा नजाने हो भने नेपाली आकाश थप जटिलतामा फस्दै गयो भनेर बुझे हुन्छ। एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे मन्त्रिपरिषद्मा पनि लामो छलफल भयो, अब नेपालको समग्र हवाई सुरक्षाको बारेमा अध्ययन गर्नुपर्दछ। सिस्टममाथि नै अध्ययन गर्नुपर्ने जरुरी देखियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भू–संरक्षण र जलाधार व्यवस्थापनमा संवेदनशील नभए अवस्था भयावह हुनसक्छ: गणेश पौडेल (अन्तर्वार्ता)

नेपालमा पहिला भू तथा जलाधार संरक्षण विभाग थियो अहिले वन तथा भू संरक्षण विभाग भएको छ। नेपालमा जलाधारको समुचित व्यवस्थापन बिना समृद्धि सम्भव छैन। जलाधारको समुचित व्यवस्थापन गर्न नसके अझ बढि विपद् र डुबान, बाढी पहिरो, खानेपानीको संकट र मरुभूमिकरणको यात्रा तय हुनु हो। अहिले विश्वव्यापी रुपमा नै जलवायु परिवर्तन र जलाधार व्यवस्थापनलाई जोडेर हेर्ने गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हेलिकप्टर दुर्घटनाकाे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन

‘यो घट्नाको छानबिनका लागि जाँचबुझ गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो’, उनले भने, ‘समितिमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक र सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन्। जाँच आयोगको कार्यअवधि काम सुरु भएको मितिदेखि ३० दिन हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको बैठकमा ११ एजेण्डा छलफलका लागि पेस

उनले भने, ‘आज एजेण्डा छलफलका विषयवस्तुहरु प्रस्तुत भए। ११ वटा विषय वस्तुहरु प्रवेश भएको छ। पहिलो विषय छ। केन्द्रीय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जित प्रस्ताव उपर छलफल हुन्छ, त्यो भोलिबाटै हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। हेलिकप्टार दुर्घटनाका सम्बन्धमा आकस्मिक बैठक बोलाइएको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्घटनाग्रस्त हेलिकप्टरमा चिनियाँ पर्यटक सवार (सूचीसहित)

काठमाडौँबाट पर्यटक बाेकेर रसुवाको स्याफ्रुबेसीतर्फ उडेको हेलिकप्टर बुधबार दिउँसो शिवपुरीकाे सूर्यचौरमा दुर्घटनामा भएकाे हो। हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित ५ जना सवार रहेकाे नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ। बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसी विधेयकमा के-के भयो सहमति? (पूर्णपाठ)

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबीच सहमति भएको छ। साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसीकाे प्रतिवेदन बुझेपछि प्रचण्डले भने- नयाँ सरकार गठनपछिकाे याे एउटा राम्रो काम ठान्छु

उनले भने, ‘नयाँ सरकार गठन भएपछिको यसलाई मैले एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चहान्छु। यसलाई संसदको समिति र सदनमा पनि यसै पटक जाओस् र यसलाई टुङ्गाइयोस् र आम नेपाली जनतालाई पनि शान्ति, स्थायित्व र प्रगतीतिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् भन्ने मेरो चहाना छ र सरकारसँग यसको लागि आग्रह गर्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसी विधेयक संसदकाे यसै अधिवेशनबाट पारित गर्छौं: प्रधानमन्त्री ओली

उनले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्धुविधा नभएकाले संसदकाे यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसी विधेयक: कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ। बुधबार प्रधानमन्त्री कार्यलयमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संयोजक गृहमन्त्री रमेश लेखकले प्रतिवेदन बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बंगलादेशको अन्तरिम सरकार प्रमुख बने नोबेल पुरस्कार विजेता युनुस

बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्। नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा कमला-टिमको 'गधा' र ट्रम्प-भान्सको 'हात्ती' आम्नेसाम्ने

अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिमा मिनेसोटा राज्यका गभर्नर टिम वाल्जको उम्मेद्वारी घोषणा गरेसँगै अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति उम्मेद्वारको समीकरण पूरा भएको छ । अब डेमोक्रेटिक पार्टीको कमला ह्यारिस- टिम वाल्जको 'गधा' र रिपब्लिकन पार्टीको डोनल्ड ट्रम्प- जेडी भान्सको 'हात्ती' आम्नेसाम्ने हुनेछन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बंगलादेशमा शेख हसिनाको पार्टी नेताको होटलमा आगजनी, २४ जनाको मृत्यु

बंगलादेशमा राजनीतिक संकट गहिरिएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टीका एक जनाको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काभा महिला भलिबल लिग: इरानलाई हराउँदै नेपाल फाइनलमा

काभा महिला भलिबल लिगमा इरानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ।काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दाेस्राे सेमिफाइनलमा इरानलाई ३–० काे साेझाे सेटमा हराउँदै नेपाल फाइनमाल प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बङ्गलादेशको गहिरो राजनीतिक संकटमा भारत कहाँ छ?

अमेरिकी थिङ्कट्याङ्क विल्सन सेन्टरका माइकल कुगलम्यानका अनुसार हसिनाको यो बहिर्गमन भारतका लागि ठूलै ‘झट्का’ हो। उनले अब पनि भारतीय हितका लागि त्यहाँ बन्ने अन्तरिम सरकारका बारेमा बङ्गलादेशका सेना प्रमुखसँग भारतले सम्पर्क बढाउनुपर्ने सुझाव पनि दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई दिन भारी वर्षा: ३४ जिल्ला उच्च जोखिममा, रात्रिकालीन बस चलाउन रोक

भारी वर्षाले ३४ जिल्ला उच्च जोखिममा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उच्च जोखिममा रहेका जिल्लाहरूमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम छन् भने बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिमलतालमा बस दुर्घटना: कार्यदलले बुझायाे प्रतिवेदन, कार्यान्वयनमा ल्याइने गृहमन्त्रीकाे प्रतिबद्धता

उनले भने, ‘त्रिशुलीमा भएको बस दुर्घटनाबारे छलफल गर्न बनेको समितिको प्रतिवेदन प्राप्त भएको छ। प्रतिवेदनलाई पनि अध्ययन गरेर यसमा उल्लेख भएका जतिपनि सुझावहरु छन्, तिनीहरुलाई सम्बन्धित निकायलाई पठाउने र त्यसको कार्यान्वयन गराइने छ। मन्त्रालयले गर्नुपर्ने सुझावहरुलाई पनि कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्न चहान्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं