सोमबार, १८ नोभेम्बर २०२४

म कहिल्यै भ्रष्टाचार गर्दिनँ र सहन्नँ पनि: प्रधानमन्त्री ओली

मंगलबार सिंहदरबारमा बसेकोराज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले राज्यको सम्पत्ति अपचलन गरेर आफ्नो बनाउन नौतिकताले पनि नदिने भन्दै उनले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्षापछि काठमाडौँ अस्तव्यस्त (फाेटाे फिचर)

सडकहरूसमेत जलमग्न भएपछि सवारी आवागमन प्रभावित भएको छ। ठाउँ-ठाउँमा सडकमै पानी जमेका कारण पैदल यात्रामा पनि कठिनाइ भएकाे छ।​ बागमती नदी किनार आसपासका बस्तीहरू प्रभावित भएका छन्। साथै नदी किनारका पार्कहरूसमेत डुबेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बंगलादेशकाे संसद् भंग

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन्। राष्ट्रपतिले तीनवटै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका शीर्ष नेता, नागरिक समाजका प्रतिनिधि र आन्दोलनकारी विद्यार्थी नेतासँगको बैठकपछि १२ औं संसद् विघटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागलुङमा पहिरोमा परी ८ जनाको मृत्यु, ४ जना घाइते

बडिगाड गाउँपालिकाकाे नम्बर वडा ९ र १० मा गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार वडा नम्बर १० काे दर्लिममा घरगोठ बगाउँदा ६ जना र ९ नम्बर वडाको बलघाँसमा २ जनाकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे बाढीले सडक र बस्तीहरू डुबानमा (तस्बिरहरू)

उपत्यकाका खोला तथा नदीहरूमा पानीको बहाव बढ्दा बस्तीमा बाढी पसेकाे छ। यसैगरी बागमती आएकाे बाढीले नदीमा किनारका सडक र बस्तीहरू डुबानमा परेका छन्। बागमती किनारका सुकुम्बासी बस्ती पनि डुबेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुल्मीमा पहिरोले पुरिएर ४ जनाको मृत्यु, २ घाइते

मुसिकोट नगरपालिका–१ बिसौनामा मंगलबार बिहान माथिबाट खसेको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिँदा ४ जनाको मृत्यु भएको हाे। मृत्यु हुनेमा ४८ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षीया मसुरी विकको रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान घिसिङमाथि ‘प्रतिशोधपूर्ण कारबाही’ गरिए आन्दोलनको चेतावनी

डेडिकेटेड र ट्रंकलाइन विवादमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि प्रतिशोधपूर्ण कार्वाही गरिएमा आन्दोलन हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चारवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका चारवटा संसदीय समितिका बैठक आज बस्दैछन्।  संघीय संसद सचिवालयका अनुसार मंगलबार राज्य व्यवस्था तथा सुशासन, कानून, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन्। कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देशभर वर्षा: ‘बाढी–पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउनू’

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको जानकारी दिँदै महाशाखाले अहिले देशभर साधरणतया बदली रहेको जनाएको छ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बंगलादेशमा ‘हसिना’ युगको अन्त्य

करिब महिनादिनमै सयौँजना मारिएको विद्यार्थी आन्दोलनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई असिनपसिन बनायो। यत्तिमात्रै होइन, देशै छोड्न बाध्य हुनुपर्‍यो। यसरी बंगलादेशमा राजनीतिक विरासतको अन्त्यमात्रै भएको छैन, बरु शासनसत्तामा एउटा वंश निरन्तरता नै टुटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए दोस्रो पटक विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबार प्रदेश सभामा कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा उनलाई २३ जनाले मतदान गरे। बहुमतका लागि २१ मत आवश्यक पर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खत

डेडिकेटेड र ट्रङ्कलाइन विवादमा सरकारको कदमको चर्को आलोचना

सरकारले ६ उद्योगको लाइन जोड्नका लागि प्राधिकरणलाई ठाडो निर्देशन दिएको थियो। त्यसपछि प्राधिकरण र सरकारबीच द्वन्द्व नै उत्पन्न भएको छ। सोमबार नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको चर्को आलोचना गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बंगलादेशमा प्रदर्शनकारीले लुटे प्रधानमन्त्री निवास (तस्बिरहरू)

बंगलादेशमा शेख हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए। प्रधानमन्त्रीको निवास प्रवेश गरेर प्रदर्शनकारीले प्रधानमन्त्री निवासका सामानहरू लागेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिममा मुख्यमन्त्री शाह र मन्त्रीहरूले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष शपथ लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत पुगिन् बंगलादेशकी प्रधानमन्त्री हसिना, अन्तरिम सरकार बनाउन सेना प्रमुखकाे प्रस्ताव

शेख हसिना र उनकी बहिनीले बंगलादेश छाडेपछि सेनाले सत्ता सम्हालेकाे छ। सेना प्रमुख जनरल वेकर उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार बनाउन राष्ट्रपतिसमक्ष प्रस्ताव राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बंगलादेशकी शेख हसिनाले दिइन् राजीनामा, हेलिकप्टर चढेर भागिन्

उनले प्रधामन्त्रीबाट राजीनामा दिएर सोमबार साढे २ बजे देश छाडेकी हुन्। सैनिक हेलिकप्टरमा आफ्नी बहिनी शेख रेहानालाई लिएर उनी देश छाडेकी हुन्। तर उनी कहाँ गइन् भन्ने खुलेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा सोविता गौतम भनिन्- युवाहरुले ममाथि दुर्व्यवहार गरे

सोमबार प्रतिनिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरुको समूहले आफूमाथि दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेलमा र बाहिर रहेका सहकारी सञ्चालकहरुलाई एकसाथ सोधपुछ गरिने

उनले भने, ‘हामीले प्रतिवेदनको प्रारुपमा बारेमा संरचनागत प्रस्तावमाथि छलफल गरेर पारित गरेका छौँ। अब प्रतिवेदनको मस्यौदाको काम अगाडि बढ्छ। प्रतिवेदनमा कार्यादेशमा उल्लेख भएका बुँदाहरुअनुसार तथ्य विश्लेषणको कामसँगै अगाडि बढाउने छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिममा टुङ्गियाे मन्त्रालयको भागबण्डा

कांग्रेसले मुख्यमन्त्रीबाहेक थप २ मन्त्रालय पाउने भएकाे छ। जसअनुसार आर्थिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालय कांग्रेसकाे भागमा परेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं