आइतबार, १७ नोभेम्बर २०२४

लागुऔषध कारोबारको आरोपमा पूर्वसांसद श्रेष्ठ पक्राउ

प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। कास्की प्रहरीले श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो। साउन ३ गते पोखरा–२ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगर लागुऔषधसहित पक्राउ परेका थिए। रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भई हाल पोखरा–४ नालामुख बस्दै आएका थापामगरका साथबाट प्रहरीले ट्रुपाइन ९७ चक्की बरामद गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतीय कम्युनिष्ट नेता सिताराम यचुरीको निधन

यचुरीको ७२ वर्षकाे उमेरमा बिहीबार निधन भएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई १९ अगस्टमा एम्स अस्पताल दिल्लीमा भर्ना गरिएको थियो। अस्पतालमा उपचाररत उनकाे बिहीबार निधन भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको राष्ट्रिय भेला असोज १ र २ गते, १५ सय प्रतिनिधि सहभागी हुने

बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले प्राविधिक कारण र उपयुक्त भेन्युको कारणले गत केन्द्रीय समितिको बैठकबाट बन्द कार्यशालाले प्रस्तावित गरेको मितिभन्दा अझ २ दिन अगाडि राष्ट्रिय भेला गर्न लागेको जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समायोजन जटिलता देखिएका स्वास्थ्यकर्मीको व्यवस्थापन कार्यविधि स्वीकृत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ। यसअनुसार फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उनीहरुकै मागबमोजिम समायोजन संसोधन हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली र देउवालाई प्रचण्डको सुझाव- संवैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गराैँ

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले रिक्त पदमा छिटो सिफारिस गर्न सुझाव दिएको उनको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छ: गृहमन्त्री

‘निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने, जाने हो भने कतिसम्म जाने? भन्ने कुरामा स्पष्टता भयो भने लेख्ने कुरामा गाह्रो हुन्न।’ लेखकले भने, ‘पहिले त प्रिन्सिपल सेट हुनुपर्यो, प्रिन्सिपल सेट भए सोहीअनुसार भाषा लख्ने हो। भाषा लेख्ने कुरा कठिनाइ होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे हाे। प्रधानमन्त्री ओलीकाे आह्वानमा देउवा र प्रचण्ड बालुवाटारमा पुगेका हुन्। प्रधानमन्त्रीकाे सचिवालयका अनुसार उनीहरूबीच छलफल जारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ १८ः३० बजे बस्नेछ।  आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन्। केही सहसचिवहरुको सरुवा गर्ने सरकारको तयारी रहेको शूत्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेपछि उपत्यका नछोड्न सांसद्लाई कांग्रेसको ह्वीप

त्यसमा उनले नैतिकताका आधारमा राजीनामा दिएमा पद अनुकूलको आचरण नगरेको प्रस्ताव संसदेमा पेस गर्ने कांग्रेस–एमालेको तयारी छ। संविधानको धारा ९१ को उपधारा ६ ले सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था गरेको छ। जसमा पद अनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित भए पद रिक्त हुने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘हिंसा’ शब्दले फेरि तात्याे संसद, एमालेले सम्झियाे सुवास नेम्वाङ

दलहरू माओवादी द्वन्द्वलाई हिंसा भन्न पाउने वा नपाउने भन्नेमा विभाजित हुँदा सार्वभौम संसद गिजोलिएको छ। माओवादीले हिंसा भन्न नपाइने र सत्तारुढ दल एमालेले भन्न पाउनुपर्ने अडानले गर्दा संसद बैठक गिजोलिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खोला छेउको जग्गा मान्छे कि खोलाको? (भिडियो रिपोर्ट)

सर्वोच्च अदालतले २०८० साल पुस ३ गते खोला किनारदेखि ४० मिटरसम्मको जमिन खोला किनारलाई छाड्न आदेश गरेपछि विवाद सृजना भएको हो। सर्वोच्चको आदेश गैरन्यायिक भएको भन्दै खोला किनारका स्थानीय राजनीतिक दल र सरकारसँग गुहार मागिरहेका छन्। यद्यपि सरकार अदालतको फैसलाविरुद्ध पुनरावेदनमा जाने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालले पार्टी छाडेर जाँदा पुष्पलाल प्रतिष्ठान निजी सम्पत्तिजस्तो गरेर लानुभयो: ओली

उनले निष्क्रिय रहेका प्रतिष्ठानलाई सक्रिय बनाउने धारणा राखे। माधव नेपाल पुष्पलाल प्रतिष्ठानको अध्यक्ष भएको र प्रतिष्ठान पार्टीलाई छोड्नुपर्नेमा पार्टी फुटाएर जाँदा कब्जा गरेको उल्लेख गरे। उनले भने, ‘पुष्पलाल फुट्नुभएको होइन पार्टी फुटेको हो। माधव नेपालले पार्टी छाडेर जाँदा निजी सम्पत्ति जस्तो गरेर लानुभयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माअ‍ोवादीकाे अवराेधपछि संसद बैठक स्थगित

बुधबार बसेकाे संसद बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले बोलेको ‘हिंसा’ शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने बताएका थिए। त्यसपछि माओवादी सांसदहरुले उठेर अवरोध गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

योगेश भट्टराईले बाेलेकाे ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहट्ने भएपछि माओवादीको आपत्ति

बुधबार बसेकाे प्रतिनिधिसभा बैठक सभामुख देवराज घिमिरेले ‘हिंसा’ शब्द असंसदीय नभएकोले संसदको रेकर्डबाट हटाउन नपर्ने बताएपछि माअ‍ोवादी आपत्ति जनाएकाे हाे। सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उक्त निर्णय गलत भएकाे भन्दै आपत्ति जनाए। त्यसपछि एमाले नेता रघुजी पन्तले बोलेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसलाई रास्वपा सांसदको प्रश्न- भुटानी शरणार्थी बनाउँदा नेपालको शिर किन झुकेन?

‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो। १९ महिनापछि बार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ‚ नेपाली कांग्रेसले शिर झुक्यो भनेछ। नेपालको शिर त्यसबेला किन झुकेन भुटानी शरणार्थी बनाउँदा? जब एउटा मन्त्रीले ट्याक्स नतिर्दा किन झुकेन शिर?’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुख प्रकरणमा रास्वपाले भन्याे- रानाले स्पष्टीकरण दिने मौका पाउनुपर्छ

उनले संवैधानिक परिषद्मा आफ्नो उपस्थिति नहुने भएपछि कांग्रेसको पहलमा यो कदम चालिएको बताए। झाले आफूहरु वेट एण्ड वाचको सिचुयसनमा रहेको बताउँदै यस विषयलाई कसरी प्रतिकार गर्ने भन्ने तयारी गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुख रानाले राजीनामा दिनुपर्ने कांग्रेसकाे माग

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उपसभामुखले तत्काल राजीनामा दिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोबाइल व्यवसायी आन्दोलित, सामसुङको भिजिबिलिटी आजबाट देशभर बन्द

नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले महासंघ केन्द्रले उठाएको विषय प्रदेश संरचनाबाट उठ्नु स्वभाविक भएको र उठेका मुद्दालाई समन्वय गर्नुपर्नेमा कार्यक्रम आयोजकले त्यसलाई सम्बोधन गर्न नसक्नु दुःखद भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँसु!

काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नेबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको कटाक्ष गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ