आइतबार, १७ नोभेम्बर २०२४

ट्रम्पको दोस्रोपटक हत्या प्रयास: ट्रम्प सकुशल, हत्या प्रयास गर्ने रूथ पक्राउ

अमेरिकी पूर्वराष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प हत्या प्रयासबाट बचेका छन् । फ्लोरिडास्थित उनकै आफ्नो गल्फ ट्रम्प इन्टरनेशनल गल्फ क्लबमा गल्फ खेलिरहेका ट्रम्पमाथि एक व्यक्तिले एके ४७ राइफल ताकेर हत्या गर्ने प्रयास गरेको थियो ।हत्या प्रयास गर्ने व्यक्तिको परिचय रायन विल्सी रूथका रूपमा गराइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

निगमले घटायो इन्धनको मूल्य

निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारकाे निर्णय

सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेकाे छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेकाे स्थानमा मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन आगामी ओलीकै क्षेत्रबाट लड्छु: प्रचण्ड

‘जित सत्य र न्यायको हुन्छ कि बेइमानहरुको हुन्छ भनेर हेर्नका लागि पनि झापाबाटै टक्कर दिने सोच बनाएको छु, प्रचण्डले भने, तेस्रो कार्यकालमा जनताको पक्षमा सकेजति काम गर्न सकेको कारणले जनताले हामीलाई खोजिरहेका छन्, शिक्षित झापाली जनताले हामीमाथि न्याय गर्छन भन्ने अपेक्षा पार्टीको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - झापा

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा तोक्न आयोगको सुझाव

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अख्तियारबाट एक वर्षमा २०१ मुद्दा दर्ता, १५ बढी प्रतिवादी

उनका अनुसार सबैभन्दा बढी उजुरी परेका मन्त्रालयहरु भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गृह, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, शिक्षा विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र उद्योग मन्त्रालय रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले आफ्नाे अडान नछाडेपछि संसद बैठक स्थगित

आइतबार दिउँसाे १ बजेका लागि बाेलाइएकाे बैठक केही घण्टा सारिएकाे थियाे। तर बैठक बस्दै नबसी स्थगित भएकाे हाे। नेकपा (एमाले)का सांसद याेगेश भट्टराइले बाेलेकाे हिंसा शब्दप्रति आपत्ति जनाउँदै नेकपा (माओवादी केन्द्र)ले संसद अवरुद्ध गरेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद अवरोध कायमै राख्ने माओवादीकाे निर्णय (भिडियाे)

उनले भने, ‘माओवदीले जुन विषय उठाइरहेको छ, यो शब्दमा मात्र कुरा होइन समग्र जनयुद्धको भाव त्यहाँ व्यक्त भएको विषयवस्तुसँग सम्बन्धित छ। त्यसैले हाम्रो दलले अवरोध जारी राख्ने निर्णय गरेको हो। यहाँबाट निस्केपछि पार्टीमा पनि छलफल हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘हिंसा’ शब्द नसच्चाइए आज पनि संसद चल्न दिँदैनाैँ: माओवादी

‘शब्द नसच्चाइएसम्म हामी लडिरहन्छाैँ। आज पनि बैठक अवरुद्ध हुन्छ’, दाहालले भने। आज दिउँसाे १ बजेका लागि प्रतिनिधिसभा बैठक बाेलाइएकाे भए पनि यही विवाद टुङ्ग्याउने प्रयासमा अहिलेसम्म बैठक बस्न सकेकाे छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता (भिडियाे)

मुद्दा दर्तापछि सर्वोच्चमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता न्यौपानेले २२ अर्ब नेपाल विद्युत प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नुपर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गर्न खोजेको आरोप लगाए। कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको क्षेत्रमा गरेको विकासको विरुद्धमा नै सरकार लागेको उनको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाबाट काठमाडाैँ फर्किने क्रममा विमानस्थलबाटै बेपत्ता भएका भुसाल भेटिए

पर्वतको पैँयू गाउँपालिका-१ घर भएका ७६ वर्षीय भुसाल शनिबार राति विमानस्थलमा अवतरण गरेलगत्तै बेपत्ता भएका थिए। उनी झण्डै १५ घण्टापछि आफन्तको सम्पर्कमा आएका हुन्। प्रहरीका अनुसार उनी एकान्तकुनामा भेटिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाबाट काठमाडौँ आएका भुसाल विमानस्थलबाटै बेपत्ता

उनका आफन्त विमानस्थल बाहिर कुरिरहेका थिए। भुसालका ज्वाइँ मधु वस्तीका अनुसार शनिबार राति साढे १० बजे विमानस्थलमा अवतरण गरेर उनले फाेन सम्पर्क गरेकाे र त्यसपछि बेपत्ता भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिङ्गो ठड्याएपछि सुरू भयो यस वर्षको इन्द्रजात्रा

हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा सुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो असोज ५ गतेसम्म चल्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति

समितिले सरकारले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका निम्ति डा. शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेललाई सिफारिस गरेको थियो। त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथी छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सिमलतालमा ट्रक दुर्घटना

आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो। यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

नियमसङ्गत चलाएका सहकारीहरूले कसैलाई डुबाउँदैनन्: प्रधानमन्त्री

“विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो। स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरूमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरू छन्”, प्रधानमन्त्री ओलीले भने, “समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस्। समितिले सरकारलाई निर्देश गरोस्। त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ।”

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दरबारमार्गमा रैथाने कृषि हाटबजार सञ्चालनमा (तस्बिरहरु)

उत्पादक किसान र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको विक्री-वितरण गर्ने उद्देश्यका साथ प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गरिँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संसदलाई प्रचण्डकाे चेतावनी, ‘प्रतिक्रियावादी’हरुसँग नडराउन ओलीकाे आग्रह

दिवसको अवसरमा विभिन्न संघ-संस्थाले कार्यक्रमको आयोजना गरे। भने, देशभरका सामुदायीक तथा निजी विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रमहरु गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस वर्षभित्रै नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने प्रधानमन्त्रीकाे अठाेट

नेपाल बाल सङ्गठनद्वारा ६०औँ राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो सङ्ख्यामा बालबालिकाहरु बेसाहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले संकल्प गरेको स्पष्ट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ