आइतबार, १७ नोभेम्बर २०२४

प्रहरी समायोजन प्रक्रिया छिट्टै अघि बढाउने निर्णय

‘बैठकले प्रहरी समायोजन ऐन र नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय गर्ने) सम्बन्धी ऐनलाई समयानुकूल बनाउने तथा शान्ति सुरक्षासँग महत्व राख्ने नेपाल प्रहरी ऐन, स्थानीय प्रशासन ऐनलाई यथाशीघ्र निर्माण गर्ने निर्णय गरेको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालको दस्ताबेज- गणतन्त्रको उपलब्धिलाई कमजोर तुल्याउने कोसिस भइरहेकाे छ (पूर्णपाठ)

‘मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्थाप्रति सरकार र दलहरु सजग हुनुपर्छ’, अध्यक्ष नेपालले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सूर्यदर्शन सहकारी ठगी प्रकरण: जीबी राईपछि थप दुई जनाविरुद्ध डिफ्यूजन नोटिस

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)काे महासचिवालयले सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रले खटायाे नेता, काे कहाँ?

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सुरू भएकाे अभियानअन्तर्गत कांग्रेसले फरक जिल्लामा खटिने फरक टोली तोकेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिम संसदीय दलको नेताबाट भट्टलाई हटाउने निर्णय तत्काल सच्याउन माओवादीकाे निर्देशन

संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बैठक बसी दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय तत्काल सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छः प्रधानमन्त्री

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औँ सभामा प्रधानमन्त्री एवम् कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिएका छन।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

रवि लामिछाने भारतमै लुकिरहेका जीवी राईलाई भेट्न भारत गएको आशंका

कुनै पूर्वयोजना बिना नै भारत भ्रमणमा निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको भारत भ्रमणलाई लिएर विभिन्न आशंका पैदा भएका छन्। रास्वपाकै एक नेताले रवि भारतमा जीवी राईसँग भेटघाट गर्न गएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौैं

म दिल्ली आउँदा सिल्लीहरुले काठमाडाैँमा अनेक हल्ला फैलाइसके हाेलान्- रवि लामिछाने

शनिबार दिउँसाे नयाँ दिल्लीमा आयाेजित अन्तरक्रियालाई सम्बाेधन गर्दै उनले कार्यकर्तालाई अन्य हल्लाबारे सचेत हुन आग्रह गरेका हुन्। उनले आफ्नाे भ्रमण विशुद्ध कार्यकर्ता भेट र अन्तरक्रियाका लागि मात्र भएकाे स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

भारत पुगेर रविले भने- आमाकाे काखजस्ताे प्याराे केही हुँदैन

अन्तरक्रियाका लागि भारतकाे राजधानी नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आमाकाे काख (जन्मभूमि)जस्ताे प्याराे अरु केही नहुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारले करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्दैछ: प्रधानमन्त्री प्रचण्ड

‘यहाँ सहिद घोषणामा छुट भएको कुरा आयो। म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि सरकारले करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्दैछ। त्यसको तयारी भइरहेको छ। त्यो सूची गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ प्रधानमन्त्री भने, ‘अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढीसकेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संवैधानिक बाटोबाटै परिवर्तन ल्याउछौँ: नेता राणा (अन्तर्वार्ता)

अहिले संसद्मा अत्यन्त असल मानिस पनि आएका छन्, उहाँहरुसँग कहिलेकाहीँ भेटघाट हुँदा अचम्म लाग्छ। उदाहरणका लागि एकजना महिला सांसदले ‘आर्टिफिसियल इन्टेलिजेन्स’बारे संसद्मा भाषण गर्नुभयो। त्यस्ता महिला सांसदको पनि प्रतिनिधित्व छ। अरू धेरै काबिल र महत्वपूर्ण नेता पनि हुनुहुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईसीसी यू–१९ विश्वकप : नेपालको भारत र बंगलादेशसँग सुपर सिक्स भिडन्त

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको भिडन्त  भारत र बंगलादेशसँग हुने भएको छ। जनवरी ३१ र फेबु्अरी २ मा हुने यी प्रतिस्पर्धा नेपालका लागि अर्को चरणमा पुग्न 'आयरन गेट' हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौैं

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आठ करोड ३३ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ। सन् १९८८ मा न्युयोर्कको एक स्टोरमा लेखिका इ. जीन क्यारोललाई बलात्कार गरेको अभियोग अस्विकार गर्दै झुट बोलेर उनको मानमर्दन गरेको ठहर गर्दै ट्रम्पलाई यो जरिवाना तोकिएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अध्यागमनका कर्मचारीमाथि कुटपिट प्रकरणः छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति 

शुक्रबार दिउँसो विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीसँग विवाद भएपछि अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिट भएको थियो।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले अनुदानमा पठाएको मल किसानलाई नदिएर सहकारीले बाटोबाटै गायब बनायो

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते दुई सय बोरा नेपाल सरकारबाट प्राप्त युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा फेला परेको छ। सप्रजिअ गुरुङका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको पाइएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा अनुदानको युरिया मल बाटोबाट नै गायब भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

सहकारीको रकम हिनामिना गर्ने नगरप्रमुखविरुद्ध ‘रेड नोटिस’ जारी

सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई खोज्न ‘रेडकर्नर नोटिस’ जारी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

आइसिसी यु–१९ विश्वकप क्रिकेट: नेपालसामु १४६ रनको लक्ष्य

आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपालसामु जितका लागि एक सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विमानस्थलमा कुटिए अध्यागमनका कर्मचारी 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका कर्मचारीमाथि कुटपिट भएको छ।चेकजाँचका क्रममा प्रहरीसँग विवाद भएपछि अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिट भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गैरआवासीय नेपाली नागरिकताः लिनै गाह्रो, लियो कागजको खोस्टा जस्तो

गैरआवासीय नेपाली नागरिकता लिनै गाह्रो छ। अनेक भुक्तमान गरेर लियो, न मान छ, न मनितो। यो नेपाली नागरिकता नै हो तर नागरिकताबाहकले नेपाल पस्दा भिसा लिनुपर्छ, योभन्दा हाँस्यास्पद के हुन सक्छ? यस अर्थमा त यसलाई एक किसिमको कागजको खोस्टो भन्दा के फरक पर्ला र?

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

राष्ट्रियसभामा सिटौलाले खोलेको राजनीतिको सन्दूक

कौशिक नदीको सेरोफेरोमा राजनीतिक जीवन अस्ताउँदै गर्दा सिटौला राष्ट्रिय राजनीतिकाे जीवनमा फेरि एकपटक पूर्वबाट काँग्रेसका ‘विश्वामित्र’ झैँ उदाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं