सोमबार, १८ नोभेम्बर २०२४

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

नेपाल सरकारको मौद्रिक नीतिमा क्रमिकरूपमा लचकता अपनाउँदै उपभोक्ता र लगानीकर्ताको विश्वास जित्ने र पछिल्लो छ महिनामा पुँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैंकले स्पष्ट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गहिरिँदै पानीको सङ्कट, सुक्दै पानीका मुहान

चैत सकिएर वैशाख लाग्दैछ। नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन्। अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

गण्डकी प्रदेशमा मन्त्रालयकाे संख्या बढाउने निर्णय

मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेकाे बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए। उनका अनुसार बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय अलग्गै बनाउने निर्णय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ: प्रचण्ड

उनले भने, ‘माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ। समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ। बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नुभएको छ। हामी सबै एक ठाउँमा हुन्छौँ, हुनेछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

काठमाडौँस्थित पञ्च काश्मिरी तकिया मस्जिदमा इदकाे राैनक (तस्बिहरु)

मुस्लिम धर्मालम्बीहरुले ३० दिनको (रमजान)रोजा सकेर आज (बिहीबार) इद मनाउँदै छन। बुधबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि रोजा सकिएर आज इद उल फित्र अर्थात् इद  मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै सबै जिल्लामा पाठ्यापुस्तक पुर्‍यायाे, वैशाख २ गतेदेखि भर्ना अभियान

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका  विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्‍याइएको बताए। केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज इदउलफित्र, सार्वजनिक बिदा

आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ। गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपालाई सञ्चारमन्त्री शर्मा जवाफ– राजतन्त्र ल्याउँछु भन्नेसँग सरकारले वार्ता गर्दैन

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले राजसंस्था ल्याउँछु भन्नेसँग वार्ता नहुने बताएकी छिन्। बुधबार झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै उनले सबै समस्याको हल संवाद र छलफलबाट सम्भव भएपनि राजतन्त्र ल्याउँछु भन्नेसँग वार्ता नहुने बताएकी हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - झापा

गण्डकी सरकारबारे पूर्णसुनुवाइ वैशाख १० गते, दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गण्डकीमा मुख्यमन्त्री नियुक्तिको विषयमा कारण देखाउ आदेश जारी गर्दै दीर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। साथै इजलासले यस रिटको पूर्णसुनुवाइ वैशाख १० गते गर्ने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान

प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरेअनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

भारतको बेतालघाटमा दुर्घटनाः शव परीक्षण सकेर नेपाल ल्याइँदै

दुर्घटनाको खबरपछि बुबाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका– ८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए। दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्तहरु पनि शव लिन नैनीताल पुगेका बताए।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

राष्ट्रियसभाको उपाध्यक्षमा बिमला घिमिरे विजयी

राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी बिमला घिमिरे विजयी बनेकी छन्। बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भाेलि सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ बिहीबार मनाउने भएपछि सो दिन सार्वजनिक बिदा दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछाने गृहमन्त्री भएदेखि सहकारी ठगीकाे छानबिन राेकियाे- काँग्रेस

सभामुखको अनुमतिले काँग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भएको दाबी गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँ विश्वकै बढी वायु प्रदूषित सहर

वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको सहर रहेको छ। अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक: गृहमन्त्री लामिछानेले पेस गर्ने विधेयक कार्यसूचीबाट हटाइयो

मंगलबार प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अबरोध गरेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रस्तुत गर्ने भनिएको राजनीतिक दलसम्बन्धी विधेयक आजको कार्यसुचीमा हटाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभाको बैठक: उपाध्यक्षका लागि निर्वाचन हुँदै

राष्ट्रियसभाकाे उपाध्यक्ष पदका लागि आज (बुधबार) निर्वाचन हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसाे १ : १५ बजे बस्ने बैठकमा निर्वाचन कार्यसूची रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं