शनिबार, १६ नोभेम्बर २०२४

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वासकाे मत लिँदै छन्। मुख्यमन्त्री सोडारीले आज (बिहीबार) बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आज साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका १४ ट्र्याक्टरसहित २७/२८ जना चालक र मजदुर टापुमा फसेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

सात हजार पशुपन्छीको उपचार

कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ। आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो। आयोजनाले पशु स्वास्थ्यका हिसाबले उपचार सेवा लिन टाढा रहेका वडा टीकापुर नगरपालिका–४ मौरनीया, वडा नं ७ दिव्यपुर, जानकी गाउँपालिका वडा नं २ बडरिया, वडा नं ६ जगतपुर र लम्की चुहा ७ चाङ्गावाणीमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा उपचारसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - टीकापुर (कैलाली)

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित

आज अपराह्न ५ः३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। यसअघि शुक्रबार अपराह्न ५ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी कडा प्रतिवाद गर्ने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

शुक्लाफाँटामा बाघ बढे

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ। निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - दोधारा चाँदनी

राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न झलारीमा कभर्डहल

राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न  शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल निर्माण प्रारम्भ भएको  छ। नगरपालिकाको आन्तरिक स्रोतबाट रकम व्यहोर्नेगरी रु दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ को लागतमा कभर्डहल निर्माण प्रारम्भ भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकार गठन अन्योलमा

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको पाँच दिन बित्दा समेत प्रदेशसभामा रहेका कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन्। 

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

रञ्जिता-रेशम विवाद: सांसद इन्दिरा गिरीकाे गयाे पद

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाए अनुसार सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेशसभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना सोमबार निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन्। आज विश्वासको मत लिने प्रस्तावमाथि अपराहन्न ३ बजेदेखि सुरु हुने प्रदेश सभाको बैठकमा मतदान हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनीका रुपलाल चौधरीले एक वर्षमा तीन खेती गर्छन्। उनले हिउँदे खेतीमा तोरी लगाउँछन् भने चैतमा चैते धान र असारमा पुनः धान रोपाइँ गर्छन्। 'खेती गरेरै जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा वर्षौँदेखि छ। पहिले–पहिले बाढी र डुबान अत्यधिक हुने हुँदा हिउँदे बाली अर्थात् एउटा खेतीमात्रै गर्न सकिन्थ्यो', रुपलालले भने, 'चैते धानखेती सुरु गरेपछि खेत बाँझो राख्नुपरेको छैन। उजाड देखिने उर्वर फाँट वैशाख/जेठको गर्मीमा पनि हरिया देखिन थालेका छन्।'

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

अजयमेरुकोट संरक्षणको पर्खाइमा

डडेल्धुराको अजयमेरुकोट संरक्षणको पर्खाइमा छ। तेह्राैँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको  अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ। तत्कालीन राजा मल्लले गृष्मकालीन समयमा बस्नका लागि निर्माण गराएको उक्त कोट संरक्षण अभावमा जीर्ण हुनुका साथै संरचना मेटिँदै गएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

दलित अधिकार रक्षा गर्ने प्रदेश प्रमुखको प्रतिबद्धता

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्यक्रममा उनले दलितका अधिकार स्थापित गर्न आफ्नो पूर्ण सहयोग हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

रुसी सेनाबाट भागेर स्वदेश फर्किए कञ्चनपुरका सिंह

रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन्। रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गोदावरी