बिएल संवाददाता
काठमाडौँ
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्।
बिहीबार साँझ उनलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीको आज सपथ ग्रहणको तयारी छ।
सोडारी नेकपा एमाले, माओवादी केन्द्र एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।