आइतबार, १७ नोभेम्बर २०२४

अमरेशकुमारलाई दीपशिखाकाे चेतावनी– आराेप पुष्टि गर्नुभएन भने सडकमा नाङ्गै दाैडाउन पाई कि नापाई?

News Image
• • •

नेकपा (माओेवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद सापकाेटा (दीपशिखा)ले सांसद अमरेशकुमार सिंहलाई प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहालमाथि लगाएकाे आराेप पुष्टि गर्न चेतावनी दिएका छन्।

सांसद सिंहले आइतबार बिहान दाहालले विभिन्न व्यापारीहरुसँग पैसा असुल्ने गरेकाे र त्यसकाे प्रमाण आफूसँग भएकाे आराेप लगाएका थिए

उक्त आराेपकाे प्रमाण एकहप्ताभित्र सार्वजनिक गर्न दीपशिखाले सिंहलाई चुनाैती दिएका छन्। उनले भनेका छन्, ‘माननीयज्यू, प्रमाणसहित हप्तादिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई?’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?