बिएल संवाददाता
प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहालले व्यापारीहरुसँग पैसा बुझ्ने गरेकाे आराेप लगाएका छन्। सिंहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्ताे आराेप लगाएका हुन्।
‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचीव (सचिव) गङा (गंगा) दहाल (दाहाल)ले कुन-कुन ब्यापारी सङ (सँग) कुन-कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण म सङ (सँग) सुरक्षीत (सुरक्षित) छ’, उनले भनेका छन्।
उनले त्रसाउने शैलीमा अगाडि लेखेका छन्, ‘समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु।’
एनसेलकाे खरिद/बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे नाम जाेडिएर खबरहरु बाहिरिरहेका बेला सांसद सिंहले लगाएकाे याे र आराेपले प्रधानमन्त्रीमाथि शंका पैदा गरेकाे छ। यद्यपि, सिंहले कुन कुरामा संकेत गरेका हुन् स्पष्ट छैन।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया