बिएल संवाददाता
प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहालले व्यापारीहरुसँग पैसा बुझ्ने गरेकाे आराेप लगाएका छन्। सिंहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्ताे आराेप लगाएका हुन्।
‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचीव (सचिव) गङा (गंगा) दहाल (दाहाल)ले कुन-कुन ब्यापारी सङ (सँग) कुन-कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण म सङ (सँग) सुरक्षीत (सुरक्षित) छ’, उनले भनेका छन्।
उनले त्रसाउने शैलीमा अगाडि लेखेका छन्, ‘समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु।’
एनसेलकाे खरिद/बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे नाम जाेडिएर खबरहरु बाहिरिरहेका बेला सांसद सिंहले लगाएकाे याे र आराेपले प्रधानमन्त्रीमाथि शंका पैदा गरेकाे छ। यद्यपि, सिंहले कुन कुरामा संकेत गरेका हुन् स्पष्ट छैन।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया