सोमबार, १८ नोभेम्बर २०२४

सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्री प्रचण्डको सक्रियता

प्रधानमन्त्री प्रचण्डको अध्यक्षमा बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद् बैठकमा अन्तरप्रदेश परिषद्बाट स्वीकृत सङ्घीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनको अवस्थाको समीक्षा गरी सम्पन्न हुन नसकेका कामको कारण पहिचान गरी उपयुक्त निकास दिने विषयमा छलफल भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न

त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो। सबस्टेसनको क्षमता ३२० एमभिए छ। काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यूटीएलको रिट खारेजसँगै सूचना महामार्गको बाटो खुल्यो

न्यायधीशहरु प्रकाशमान सिंह राउत र अव्दुल अजीज मुसलमानको संयुक्त इजालास मङ्गलबार युटिएलको रिटमा माग दाबी नपुग्ने उल्लेख गर्दै रिट निवेदन खारेज गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘आइटी हब’ को गुरुयोजना बनाउँदै भरतपुर महानगर

युएसएआइडीले डिलोइट (आइटीसम्बन्धी परामर्श दिने कम्पनी) लाई परामर्शदाता छनोट गरी काम अघि बढाएको छ। महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार यो विश्वको चौथो ठूलोमध्येको आइटी परामर्श कम्पनी हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार बन्याे: पदम गिरी

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाराबाट ६१ हजार नक्कली नोटसहित महतो पक्राउ

पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

न्युराेडस्थित बिरा कम्प्लेक्सकाे अन्डरग्राउण्डमा रहेका पसलहरु महानगरले हटायाे

काठमाडाैैँ महानगरपालिकाले न्युराेडस्थित बिरा कम्प्लेक्सकाे अन्डरग्राउण्डमा रहेका पसलहरु हटाएकाे छ। बुधबार बिहान पुगेकाे महानगर प्रहरी बलकाे टाेलीले अन्डरग्राउण्डमा रहेका पसलहरु हटाउन लगाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोरङमा मोटरसाइकल दुर्घटना, वडा कार्यालयका कर्मचारीको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

बाँसबारी जग्गा प्रकरण: अरुण चौधरीसहित तीनजना हाजिरी जमानीमा छुटे

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडाैँ जिल्ला अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरुलाई छाडेको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडककाे स्तरोन्नति समयमा नभए संसदमै अनसन बस्ने सांसदकाे चेतावनी

‘बर्दियाको जब्दीघाट पुल बनाउन मागगर्दै पूर्वमन्त्री (सञ्जय गौतम)ले पटक-पटक आवाज उठाउँदा त्यो कुराको सुनुवाइ भएको छैन। पूर्वगृहमन्त्री समेत रहनुभएका रवि लामिछानेले नारायणगढ–बुटवल सडकमा पद यात्रा गरेर सडककाे स्तरोन्नति हाेस् भनी दबाब सिर्जना गर्दा पनि द्रुत गतिमा भएकाे छैन। यस्ता काम जनहितकारी काम समयमा नहुन दुखद हाे। यस्ता कामहरू अब उप्रान्त भएन भने याे सदनमा म पनि अनसन बस्न म तयार रहेको जानकारी गराउछु’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अजिरकोटका किसानलाई व्यावसायिक भैँसीपालन तालिम

गोरखाको अजिरकोट गाउँपालिकाले किसानलाई व्यावसायिक भैँसीपालन सम्बन्धी निःशुल्क तालिम प्रदान गरेको छ। पालिकाभित्र दुग्घ उत्पादन वृद्धिका लागि किसानलाई व्यावसायिक बनाउँदै लैजाने उद्देश्यका साथ तीनदिने तालिम प्रदान गरिएको गाउँपालिका पशु शाखाका प्रमुख डा रोशनराजबहादुर सिंहले जानकारी दिएका थिए ।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा १ जनाको मृत्य ६ जना घाइते

दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा १ जना कामदारको मृत्यु हुनाका साथै अन्य  ६ जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार अग्नि अधिकारी तथा पुलिसलाई उद्धृत गर्दै जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सियोल

वैदेशिक रोजगारीका नाममा १४ लाख ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै नगद रु १४ लाख ३५ हजार ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापतिलाई पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चिनी उद्याेगमा रिपाेर्टिङ गर्न गएका पत्रकार संचालकबाट कुटिए, खाेसियाे क्यामेरा र माेबाइल

रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रा.लि.मा समाचार संकलन गर्न गएका एक पत्रकारलाई निर्घात कुटपिट गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

मिटरब्याजी परदेशीले पाए सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार साहलाई सफाइ दिएकाे हाे। अदालतले उनीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग पुष्टि हुन नसक्ने ठहर गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार

‘उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन। उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ’, योङहाले भने, ‘सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम मंगलबार पाण्डेयलाई संसदको महासचिवमा नियुक्त गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई वटा जहाज भाडामा लिन निगमले गर्‍याे बोलपत्र आह्वान

मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोवडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं