बिहिबार, २१ नोभेम्बर २०२४

बहाल कर नतिरेपछि ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’लाई कामपाको पत्राचार

आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन। ‘पिपुल्स प्लाजा’ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई बुझाउँ’ अभियान सञ्चालन गर्दैआएको छ। उक्त पार्टीले राजस्वको दुरुपयोग तथा सीमा क्षेत्रका जनताले ल्याएका दैनिक उपभोग्य सामान जफत नगर्न भन्सार विभागदेखि प्रधानमन्त्री कार्यालयसम्मका कर्मचारीको ध्यानाकर्षण गराइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

डेटा हबलाई यस वर्षको आइसिटी अवार्ड

यस वर्षको राष्ट्रिय आइसिटी अवार्डबाट डेटा हब प्रालि सम्मानित भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आइसीटी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्राइभेट सेक्टरतर्फ डेटा हबलाई सम्मान गरेको हो। डेटा हबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ। यो कम्पनी देशको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक पनि हो। निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा कम्पनी स्थापना भएको थियो। यसको बुटवलमा डिजास्टर रिकभरी साइट पनि छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन्।  बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सृजनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उनले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब उडिरहेकाले यसलाई रोक्न पनि अभियान थाल्नुपर्ने बताए। सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा बढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घरोग लाग्ने उनले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

आगलागी हुँदा २५ लाख बढीको क्षति

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर  आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ।  घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायतका सामग्री जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ। यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको बताए। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए। उनले भने, ‘डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मङ्गोलियामा ५६ लाखभन्दा बढी पशुधन नष्ट

मङ्गोलियामा अहिलेसम्म ५६ लाखभन्दा बढी पशुधन नष्ट भएको देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा)ले शुक्रबार बताएको छ। गएको जाडो मौसम र यस वसन्त ऋतुमा गम्भीर चिसोका कारण मरेका सबै पशुधनमध्ये लगभग ८० प्रतिशतको शव नष्ट भएको छ। यस्तो खालको जाडोलाई ‘जुड’ भनिने नेमाले एक विज्ञप्तिमा उल्लेख गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - उलानबाटोर

जन्मदिनमा एक करोड बराबरको जग्गा दान

धरान उपमहानगरपालिका-१४ विजयपुरका बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्मदिनको अवसरमा एक करोड रुपैयाँ बराबरको जग्गा दान गरेका छन्। उनले ९० वर्ष पुगेको अवसरमा आज प्राडा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरिरहेको ‘प्राडा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाले सञ्चालन गरिरहेको  ‘भयवाद अध्ययन केन्द्र नेपाल’ लाई एक करोड रुपैयाँ बराबरको ११ धुर जग्गा प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धरान

भिक्टोरिया राज्य समितिले चयन गर्यो नयाँ नेतृत्व

अष्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्च अन्तर्गत भिक्टोरिया राज्य समितिको अधिबेसनले नयाँ नेतृत्व चयन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल आईएमई बैंकको काठमाडौस्थित कन्तिपथ शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो। वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी आयोजना गरिएको कार्यक्रममा तीन सय भन्दा बढिको सहभागिता रहेको बैंकले जनाएको छ। बैंकले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा युवा–युवतीहरूको उपस्थिति रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा डीवाई चन्द्राच्युड नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका छन्। भारतका प्रधानन्यायाधीश डाचन्द्राच्युडसहितको प्रतिनिधिमण्डल शुक्रबार नेपाल आइपुगेको हो। भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागमती प्रदेशसभाको बैठक वैशाख ३१ गते आह्वान गर्न सरकारलाई आग्रह

बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रूपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्। एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उनले एमालेलाई राष्ट्रिय एवं निर्णायक शक्तिको रूपमा स्थापित गराउन आवश्यक रहेको बताए।  

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

मिसन ८४ मार्फत् एमालेलाई निर्णायक शक्तिमा पुर्याइन्छ: अध्यक्ष ओली

उनले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक भएकाे बताए। उनले भने, ‘मिसन ८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ। यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन्। थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते

सिराहाका एक जना युवाले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाइते भएकी हुन्। गोली हानेर ती युवक भागेको प्रहरी स्रोतले बताएको छ। गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

डढेलोले काठ जोगाउनै मुस्किल

‘कतिपय जिल्लामा जङ्गलभित्र काटेर राखिएको काठ बिक्री भएका छैनन्। कतिपय स्थानका ढलापढा तथा सुखढ खडा काठहरु यतिकै छन्। पातपतिङ्गर उत्तिकै छन्’, उनले भने, ‘अनि यसले जङ्गलको आगो छिटो फैलाएको छ र जङ्गलमा रहेका काठदाउरा, वन्यजन्तु तथा अन्य जैविक विविधताको संरक्षण कसरी गर्ने? भन्ने चुनौती रहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अङ्ग बनेको बताउँदै प्रधानमन्त्री दाहालले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं