बुधबार, २० नोभेम्बर २०२४

मातृभाषा पत्रकारिता प्रवर्द्धनका लागि आठ बुँदे घोषणापत्र

घोषणापत्रमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय अध्यक्ष गजुरधन राई, सार्क जर्नालिष्ट फोरमका केन्द्रीय अध्यक्ष राजु लामा, सार्क जर्नालिष्ट फोरमका महासचिव एमडी अब्दुल रहेमान, फोरमको भारत च्याप्टरका अध्यक्ष सुधांशु अनिरुद्ध र भुटान पत्रकार सङ्घका किन्ले डिमले हस्ताक्षर गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपेन्द्र यादवको रिट न्यायाधीशद्धय फुयाल र श्रेष्ठको इजलासमा

उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्धय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा पेशी तोकिएको छ। पटक पटक हेर्न नभ्याइनेमा परेको यो रिट सुनुवाइका लागि पेशी आठौं नम्बरमा परेको हुँदा आज सुनुवाइ हुने सम्भावना देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ: प्रधानमन्त्री

डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले शुक्रबार आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले बजेटमार्फत दश वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा दश लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रवि लामिछानेले सहकारीको ठगी समाचार लुकाइदिन धेरै आग्रह गर्नुभयाे, नमानेपछि कैलाश सिरोहियालाई पक्राउ गरियाे’ (भिडियाे)

सम्भवले एक भिडियोमार्फत् सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा समाचार लुकाइदिन गृहमन्त्री लामिछानेले धेरै आग्रह गरेकाे र नमानेपछि कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा मन्त्री तामाङको जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन जरुरी भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मधेस प्रदेशमा जनमतका सिंहद्वारा प्रदेश प्रमुखसमक्ष दाबी पेस

मधेस प्रदेशको मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा उनले दाबी पेस गरेका हुन्। नेता सिंहसँगै एमाले संसदीय दलका नेता सरोज यादव, माओवादी केन्द्रका संसदीय दलका भरतप्रसाद साह, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले प्रदेश प्रमुखसमक्ष दाबीपत्र पेस गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदै छन्। जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो। हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका दुई–दुई, जन्तेढुङ्गा गाउँपालिकाका तीन तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका तीन वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

एकता र साझा प्रयासबाट बिम्स्टेकका लक्ष्य हासिल गर्न सकिन्छ: नारायणकाजी श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को बडापत्रमा उल्लिखित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सदस्य राष्ट्रबीच एकता हुनुपर्ने बताएका छन्। बिम्स्टेक स्थापनाको २७ औं वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले बिम्स्टेकका लक्ष्य हासिल गर्न तथा संगठनलाई कार्यात्मक परिणाममुखी र जनता केन्द्रित बनाउन साझा प्रयास आवश्यक भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। बिम्स्टेक स्थापनाको २७ औं वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री दाहालले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रधानमन्त्री दाहालले नेपाल सरकार र स्वयं आफ्नोतर्फबाट सदस्य राष्ट्रका सरकार र जनताप्रति शुभकामना व्यक्त गर्दै आजको जटिल, गतिशील एवं अन्तरसम्बन्धित विश्वमा स्थायित्व, आर्थिक समृद्धि र ऐक्यबद्धताको मुख्य आधार क्षेत्रीय सहयोग भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसमः यी प्रदेशमा वर्षा

नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सामाजिक सुरक्षा कोषलाई बाध्यकारी रुपमा कार्यान्वयन गनुपर्नेमा सरोकारवालाको जोड

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई औपचारिक, अनौपचारिक र स्वरोजगारमा रहेको श्रमिकको लागि बाध्यकारी व्यवस्था गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

यसवर्षको वर्षाबाट यी प्रदेश हुनेछन् बढी प्रभावित

मधेस प्रदेशमा ९८ हजार घरपरिवारका चार लाख ३० हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ। कूल २० हजार प्रत्यक्ष प्रभावित हुने तथा चार हजार घरपरिवारलाई राहत र उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको आँकलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडा तहसम्म दलीय संयन्त्र बनाउन दलहरूको सुझाव

विपद्का घटनामा सरकारसँग सहकार्य गर्न आफ्ना पार्टीका जनसङ्गठन तम्तयार अवस्थामा रहेकाले सरकार, राजनीतिक दल र स्थानीय नागरिकको सामूहिक प्रत्यत्नबाट मात्रै विपद्का घटना न्यूनीकरण र प्रतिकार्य प्रभावकारी बनाउन सकिने धारणा उनीहरुले राखेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशीको उद्धारका लागि महिला मन्त्री चौधरीको इजायली राजदूतलाई आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालका लागि इजरायली राजदूत हनान गोडरलाई विपिन जोशीको उद्धारका लागि आग्रह गरेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

को बसिदिने गाउँमा?

गाउँमा हुर्के बढेका नानीबाबुहरु देशविदेश गए, यहीँ स्कुल पढेका केही  डाक्टर पनि भए। अहिले न त विद्यालयमा विद्यार्थी छन् न त गाउँमा मानिस नै, गाउँ बूढाबूढीले भरिएको छ

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अत्यधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

‘सङ्घले विकासका काममा स्थानीय तहलाई हस्तक्षेप गर्नु विकेन्द्रीकरणको भावनाविपरीत’

बैठकमा सांसद डा वीरेन्द्रप्रसाद महतोले सिरहाको मिर्चैया बजारमा कमलादेखि विराटनगरसम्म पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा सडक बिग्रिएको जानकारी गराउँदै तत्काल मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेनपावरले लिएको अवैध रकम फिर्ता गर्नुपर्ने माग गर्दै आईटी आर्मीले विभाग घेराउ गर्ने

‘वैदेशिक रोजगारीमा गएकाहरुको रगत र पसिनाले साटिएको रेमिटेन्सले देशको अर्थतन्त्र धानीरहेको कहालिलाग्दो सन्दर्भमा वैदेशिक रोजगार पीडितहरुलाई न्याय दिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११बुँदे माग गरेको तर आजसम्म सो मागको सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ’, साहले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै

लेकमा व्यवस्थित गोठनै बनाएर बस्न थालेपछि बर्खाभरी चाहिन खाद्यन्न पनि यहीँ भण्डार गर्न थालेका छन्। पहिले महिना–महिनामा गाउँ झरेर खर्च लैजाने गोठालेले अहिले एकै पटक चार महिनाका लागि पुग्ने अन्नपात गोठमा भण्डार गरेर राख्छन्। यो सबै सुविधा सडकले दिलाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ