
बिएल संवाददाता
काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा आफूलाई कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकालले सर्वोच्च अदालतमा रिट दिएका छन्।
रास्वपाले आफूलाई निष्कासन गरेर गलत गरेकाे भन्दै उनले सर्वाेच्चमा रिट दिएका हुन्।
ढकालले दायर गरेको रिटमा रास्वपा कार्यालय, केन्द्रीय कार्यसमिति, हालका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई विपक्षी बनाएइएको छ।
रास्वपाले ढकाललाई महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित गरेकाे छ।