
बिएल संवाददाता
काठमाडाैं
'हिरो नम्बर १' भनेर चिनिन्छन् गाेविन्द। उनले दर्शकहरूलाई धेरै मनाेरञ्जन दिए।
तर लामो समयदेखि फिल्मबाट टाढा रहे पनि उनको स्टारडममा कुनै कमी आएको छैन।
लाखौं मानिसहरूले उनलाई आफ्नो मनपर्ने सुपरस्टार भनेका छन्, तर उनका छोरा यशवर्धन आहुजाले गाेविन्दलाई भन्दा पनि बलिउडका अर्के अभिनेतालाई रूचाउँछन्।
उनकाे मनपर्ने गाेविन्द हाेइनन् ऋतिक राेशन हुन्। गोविन्द र ऋतिक रोशनकाे नृत्यलाई सबैले रूचाउने गर्छन्।
९० काे दर्शकमा गाेविन्द आफ्नो डान्सका कारण निकै प्रचलित थिए। र, जब ऋतिक बलिउडमा प्रवेश गरे, उनले पनि गाेविन्दलेजसरी आफ्नो नृत्यले दर्शकलाई भरपूर्ण मनाेरञ्जन दिए।
गोविन्दका छोरा यशवर्धन पनि उनको प्रशंसक भए। यशको ऋतिकप्रतिको पागलपनको अनुमान यसबाट लगाउन सकिन्छ कि एक पटक यशले आफ्नो जन्मदिनमा केक नै काटेनन्। जबसम्म ऋतिक आएनन्।
तर गाेविन्दले ऋतिकलाई छाेराकाे कुरा सुनाए। त्यसपछि ऋतिक रातकाे १ बजे यशकाे जन्मदिनमा पुगेका थिए। अनि यशले केक पनि काटे।
एक अन्तर्वार्ताको क्रममा गोविन्दाकी श्रीमती सुनिता आहुजाले भनेकी थिइन्, 'यशको मनपर्ने अभिनेता ऋतिक रोशन हुन्।'