सोमबार, ३० जुन २०२५

इरानमाथि अमेरिकी आक्रमण, ट्रम्पले के भने?

News Image
• • •

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्।

अमेरिकाले इरानका मुख्य तीन परमाणु केन्द्रहरूमा आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ती आक्रमणहरू पूरै सफल भएको बताउँदै ट्रम्पले इरानलाई अझ कडा चेतावनी पनि दिएका छन्। 

यसअघि इजरायलले इरानमा आक्रमण गरेर युद्धको निम्तो दिएको थियो। त्यसपछि दुबै देशहरू एकअर्का विरुद्ध आक्रामक भएर क्षेप्यास्त्र आक्रमणमा लागेका थिए। अमेरिका पनि अब यो युद्धमा प्रत्यक्ष सहभागी भएको छ। 

यो आक्रमणपछि ट्रम्पले राष्ट्रका नाममा सम्बोधन पनि गरेका छन्। त्यो सम्बोधनमा उनले इरानका सबै प्रमुख आणविक केन्द्रहरू पूर्णरुपमा ध्वस्त भइसकेको भन्दै ‘अब शान्तिको बाटोमा आउन’ इरानलाई फेरि चेतावनी दिएका छन्। 
‘अझ पनि इरान त्यसका लागि तयार भएन भने भविष्यमा अझ भयानक आक्रमणको सामना गर्नुपर्नेछ’ ट्रम्पले भनेका छन्। 

उनले इजरायाली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई पनि बधाई दिएका छन्। अनि इजरायलको यो भयानक खतरा टाल्नका लागि अमेरिकाले साथै काम गरेको पनि बताएका छन्। 

इरानका फोर्दो, नटान्ज र इस्फहानमा रहेका उसका प्रमुख आणविक केन्द्रहरूमा अमेरिकी हवाई फौजले बम हानेको हो। फोर्दोको पहाडमुनि करिब १०० मिटर भित्र इरानले बनाएको भूमिगत आणविक प्रशोधन केन्द्र उसका लागि निकै महत्वपूर्ण मानिन्छ। र त्यो भूमिगत केन्द्रलाई क्षति पुग्नेगरी मार हान्ने बम अमेरिकासँगमात्रै छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?