आइतबार, १७ नोभेम्बर २०२४

एमालेलाई गिज्याउँदै काँग्रेसले भन्याे- काँग्रेसले बनाएको कार्यालयप्रति सबै सदस्यको मन जोडिएको छ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

फाइल तस्बिर
• • •

नेकपा (एमाले)ले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका मालिकबाट सहयाेग लिएकाेप्रति सत्तारुढ दल नेपाली काँग्रेसले पनि चासाे प्रकट गरेकाे छ। काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले साेमबार सामाजिक सञ्जालमार्फत साे विषयमा टिप्पणी गरे।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यले ठुला व्यवसायीलाई भू-कम्प प्रभावितलाई घर बनाउन, पुल बनाउन, गाउँमा विद्यालय र स्वास्थ्यचौकी निर्माण गर्न भन्न मिल्ने भन्दै टिप्पणी गरेका छन्।

‘प्रधानमन्त्रीज्यू, राज्यले ठुला व्यवसायीलाई अपिल गर्न मिल्छ- भूकम्प प्रभावितलाई हजार घर बनाइदेऊ, अनि बाढिले नबग्ने सय पुल, गाउँमा शैक्षिक संस्था र स्वास्थचौकी’, उनले भनेका छन्, ‘अझ ठुलो दान लिनेदिने भए- देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देऊ, यस्तो पनि त भन्न र गर्न मिल्छ।’

उनले काँग्रेसले आफ्ना तत्कालीन ४ लाख सदस्यको सहयोगमा पार्टी कार्यालय बनाएको उल्लेख गर्दै स्वदेश र विदेशमा रहेका सबै सदस्यले यसप्रति गर्व गर्ने बताए।

उनले भनेका छन्, ‘स्वदेश र विदेशमा रहेका हरेक काँग्रेस सदस्य गर्व गर्छन्, हाम्रो केन्द्रीय कार्यालय हामीले बनाएका हौं। हो, कयौं व्यवसायीको स-सानो धन पनि यो निर्माणमा जोडिएको छ। तर, मूलत: पार्टी सदस्यको मन जोडिएको छ। यो बन्दै गर्दा उसबेलाका ४ लाख बढी क्रियाशील सदस्यताको रकम यसमा प्रयोग भएको छ।’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?