आइतबार, १७ नोभेम्बर २०२४

नवरात्रि संयोग: महाअष्टमी र महानवमी एकैदिन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

यस वर्षको नवरात्रिमा महाअष्टमी र नवमी तिथि एकै दिन परेको छ। यसलाई नवरात्रको संयोगका रुपमा पनि लिइएको छ। 

आजको दिनमा माता दुर्गाका नवै अवतारहरूलाई पूजाआरधना गरिन्छ। तिथिअनुसार बिहीबार नै अष्टमी सुरु भइसकेको छ। शुक्रबार बिहान साढे सात बजेसम्म अष्टमी र त्यसपछि नवमी तिथि सुरु हुनेछ। यो दिनमा कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ। 

घटस्थापनाका दिन वैदिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा अष्टमी पूजा गरिन्छ। शक्ति पीठहरू, दसैँ घर तथा देवीका मन्दिरहरूमा पूजाअर्चना गरिन्छ। नेपाली सेना र प्रहरीका हातहतियार तथा किसानहरूले आआफ्ना औजारहरूको पूजा गर्ने चलन पनि छ। नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालयहरूमा आजै जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ।

महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूमा पशुबलि दिने चलन पनि छ। तर परिवर्तित समयसँगै पशु बलि नदिनेहरूले आआफ्नो पूजास्थापनामा कुभिन्डो, लौका तथा फर्सीको बलि दिने चलन पनि छ। 
पुराणअनुसार महानवमीका दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेको मानिन्छ। त्यसैले आजका दिनमा माता सिद्धि धात्रीको पनि पूजा गरिन्छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?